सिन्धुपाल्चोकमा पहिरो अपडेट : एकको मृत्यु, १७ जना बेपत्ता !


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको नागपुजे, भीरखर्क र चाङसारमा पहिरो जाँदा १८ घर पुरिएका छन् । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । पहिरोमा परी एक जनाको मृत्यु भएको न्यौपानेले बताए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र र प्रहरीको टोली खटिएको छ । गएराति लगातारको भारी वर्षासँगै पहिरो गएको हो। पुरिएका घर र बेपत्ताको संख्या अझै बढ्ने उपमेयर सुशिला पाख्रीनले बताइन् । मौसम पनि खराब भएका कारण घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन ।

खोज उद्धारको लागि टोली पुगिसकेको छैन । विस्तृत विवरण आउन केही समय लाग्छ उनले भनिन् । बाह्रबिसेको विभिन्न ठाउँमा ठूलो क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको यकिन विवरण आइनसकेको बताए ।

यो पनि…

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]