सिन्धुपाल्चोकमा अर्को विपत्तिः पहिरोले १८ घर पुर्‍यो , ठूलो मानविय क्षति भएको आशंका !


काठमाडौँ । सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १८ घर पुरेको छ । जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले फेसबुक मार्फत जानकारी गराएका छन् ।

स्थानीय शिक्षक बजीर भण्डारीको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]