गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठकमा के भने नेताहरुले ?

गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक सम्पन्न भएको छ । करिब १२ घण्टा चलेको बैठकमा यस क्षेत्रमा रहेका सदस्य देशहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, भानुआटु र पपुवा न्यूगिनीका प्रतिनिधिहरुले आफ्नो कार्यप्रगति विवरण पेश गरेका छन् । युवा, महिला लगायतमा विषयगत छलफल समेत भएको छ ।

कार्यक्रमको उद्घाटन सत्र अष्ट्रेलियन समय अनुसार शनिबार दिउँसो २ बजे सुरु भएको थियो । करिब तीन घण्टा चलेको उद्घाटन सत्रको प्रमुख अतिथि नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली थिए । ज्ञवालीले ज्ञान र शीपको माध्यमबाट विदेशमा बस्ने नेपालीहरुले नेपालको सम्बृद्धि यात्रामा साथ दिने आशा व्यक्त गरे । उनले गैरआवासीय नेपालीहरुले लामो समयदेखि माग्दै आएका मागहरुलाई नेपालले सम्बोधन गरेको पनि बताए । उनले अष्ट्रेलिया न्यूजिल्याण्डसहितका देशहरुमा रहेका नेपाली डायस्पोरालाई यो महामारीको बेलामा उचित व्यवहार गरेकोमा यी देशहरुलाई धन्यवाद पनि दिएका थिए ।

यस्तै नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले जीडीपीमा योगदा दिने सबैलाई देशले बिर्सन नहुने भन्दै नेपालको विकासमा गैरआवासीय नेपालीहरुको योगदानको चर्चा गरे । ओसनिया क्षेत्र अझ विशेष भएको उनको भनाई थियो । यस्तै पूर्व उपप्रधानमन्त्री एवं नेकपाका नेता टोपबहादुर रायमाझीले महामारीले विश्व नै आक्रान्त बनेको बेला महामारीसँगै बाँच्नुको विकल्प नभएको भन्दै सतर्क रहन र सुरक्षित हुन सबैलाई आह्वान गरेका थिए । भिडियो हेर्नुहोस्

बैठकमा एनआएन अध्यक्ष कुमारपन्त सहित आईसीसी, एनसीसी र एससीसीका सदस्यहरु सम्मिलित थिए । यस्तै अष्ट्रेलिया र न्यूजिल्याण्डका राजदूत महेश दाहाल, यो क्षेत्रका महावाणिज्यदूतहरु, अष्ट्रेलिया र न्यूजिल्याण्डका सांसदहरु पनि शुभकामना दिनका लागि उपस्थित थिए । एनआरएन ओसेनिया संयोजक होम पाण्डेको अध्यक्षतामा भएको उद्घाटन सत्र सहित पूरै दिनको भिडियो यहाँ हेर्न सकिनेछ । एमएनटीभी अष्ट्रेलियाले बैठकको प्रत्यक्ष प्रशारण गरेको थियो ।

2nd Oceania Regional Meeting and knowledge Conference 2020: Day 1

2nd Oceania Regional Meeting and knowledge Conference 2020: Day 1

Posted by My Nepal TV (MNTV)- Australia on Friday, 11 September 2020