कोरोना संक्रमितले गरे आइसोलेसन सेन्टर तोडफोड !

सप्तरी । राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन सेन्टरका कोरोना संक्रमितहरुले तोडफोड गरेका छन् । साइकृणा मेडिकल कलेजको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा शनिबार बिहान संक्रमित र खाना खुवाउने व्यक्तिहरूबीच विवाद भएपछि तोडफोड गरिएको हो ।
आफुहरुलाई चिया र खाना समयमा नदिने गरिएको र दिएपनि गुणस्तरही भएको भन्दै विरोध गरेका थिए । त्यसक्रममा संक्रमित र खाना खुवाउनेहरुबीच विवाद भयो र, संक्रमितहरुले खाना राख्ने टेबुल समेत तोडफोड गरेका छन् ।
संक्रमितहरुका अनुसार दालमा धेरै पानी हाल्नुका साथै एकै किसिमको तरकारी दिने गरिएको छ । शनिबारको विवादपछि खाना पकाउने जिम्मा लिएका व्यक्तिले अब कुनै लापर्वाही नगर्ने प्रतिबद्धता जनाएको आइसोलेशनमा बसेका एक संक्रमितले जानकारी दिए ।