हाँस्य कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’ लाई कोरोना संक्रमण !

काठमाडौँ । हाँस्य कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी गराएका हुन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन् ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’

उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन् । हाँस्य श्रृंखला जिरे खुर्सानीमा भोकलाग्यो पात्रका रुपमा परिचित पराजुलीलाई उनका शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।