कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३३६ पुग्यो !

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका पर्सा, काठमाडौं र तनहुँका महिला छन् । उनीहरू उमेर ७८,७६ र ७६ वर्षका हुन् ।
यसैगरी, भक्तपुरका ७२,३८ वर्षीय पुरूष, सुनसरीका ४३ वर्षीय पुरूष, काठमाडौंका ५१ र ५४ वर्षीय पुरूष, चितवनका ६१ वर्षीय पुरूष, स्याङ्जाका ८५ वर्षीय पुरूष, गोरखाका ४५ वर्षीय पुरूष, कास्कीका ५१ वर्षीय पुरूष,रुपन्देहीका ४० र ६० वर्षीय पुरूष छन् । मृतक मध्ये ३ महिला र ११ पुरुष छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्य हुनेको संख्या ३३६ पुगेको छ ।