गण्डकीमा प्रदेशमा एकैदिन ८३ जना कोरोना संक्रमित थपिए !


पोखरा । गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा शनिवार बिहान र दिउँसो गरी थप ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

शनिवार बिहान आएको रिपोर्ट अनुसार कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरका १० जना, गोरखामा एक जना, नवलपरासीका ३४ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै शनिवार दिउँसो आएको रिपोर्ट अनुसार लमजुङका एक जना, स्याङजा वालिङका १ , ६, ८, र ९ वडाका ५ जना, कास्कीका पोखराका २४ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]