जनकपुरधाम दुई समुहबीच झडप, स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार !


जनकपुरधाम । सामाजिक सञ्जालमा पोष्ट भएको एक तस्बिरमा गरिएको ‘कमेन्टलाई लिएर जनकपुरधाममा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ । जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो । मुस्लिम समुदायको मोहरम्म पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद भएको हो ।

सामान्य विवादको विषयले उग्ररुप लिएपछि अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पैठाकामा एक हिन्दु समुदायका युवाले मोहरम्मको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच विवाद भएको थियो ।

मोहर्रमका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समुहले त्यहीँ रहेको एक पसलमा तोडफोड गर्नुका साथै पसलनै भत्काएका छन् । झडपलाई नियन्त्रणमा लिनका लागि इन्सपेक्टरको कमाण्डमा ६० जनाको टोलीका साथै सशस्त्र प्रहरीको टोली समेत खटाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]