अर्नव गोस्वामीलाई ‘चप्पल फ्रेम’ अवार्ड


एजेन्सी । भारतीय टेलिभिजन पत्रकार अर्नव गोस्वामीलाई चप्पल फ्रेम गरिएको अवार्ड दिइएको छ । भातरीय फिल्म निर्माता अनुराग काश्यप तथा कमेडियन कुनाल कर्माले उत्कृष्ट पत्रकारिता गरेको भन्दै गोस्वामीलाई उक्त अवार्ड दिएका हुन् ।

सेप्टेम्बर १० मा कर्माले काश्यपको ‘चप्पल’ अवार्ड समातेर उभिएको फोटो शेयर गरेका थिए । रिपब्लिक टिभीको कार्यालय बाहिर खिचिएको उक्त तस्बीरको अवार्डमा ‘अर्वन गोस्वामीलाई दिइएको ‘ भनेर लेखिएको थियो ।

कर्माले इन्टामा लेखेका छन्, ‘गोस्वामीलाई चप्पल अवार्ड प्रदान गर्न हामी अफिस पुगेका थियाैँ । तर, गार्डले अनुमति बिना जान मिल्दैन भने ।’ अनुराग काश्यपको जन्मदिनमा उनीहरू गोस्वामीको कार्यालय पुगेका थिए ।

त्यस्तै काश्यपले पनि सोही फोटो आफ्नो इन्टाग्राममा शेयर गरेका छन् । ‘अहिलेसम्म कै उत्कृष्ट जन्मदिन । म र कुना कर्म गोस्वामीलाई यो अवार्ड दिन रिपब्लिक टिभिको कार्यालय गएका थियाैँ । तर, गार्डले भित्र जाने अनुमति दिएनन् । ‘

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणबारे प्रसारण भएका समाचारले भारतीय टेलिभिजन पत्रकारितामाथि प्रश्न उठाइरहेको छ ।

अहिले भारतीय टेलिभिजन पत्रकारितामाथि प्रश्न उठीरहेका छन् । सुशान्तको मृत्युमा रिया चक्रवर्तीको नाम समेत जोडिएको थियो । उनी अहिले प्रहरीको नियन्त्रणमा छिन् ।

भारतको जिडिपी २३.९ ले खस्किएका जस्ता महत्वपूर्ण विषयमा भारतीय मिडियाले रिपोर्ट प्रकाशन तथा प्रसार नगरेको भन्दै आलोचना समेत सुरू भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]