भारतमा बनेको कोरोना भ्याक्सिनको प्रारम्भिक परीक्षणमा आशा लाग्दो नतिजा


एजेन्सी । भारतमा निर्माण गरिएको कोरोना भाइरसको भ्यान्सिनको जनावरमा गरिएको परीक्षणको नतिजा सकारात्मक आएको छ । भारत बायोटेक इन्टरनेशनल लिमिटेडले निर्माण गरेको ‘कोभ्याक्सिन’ले सकारात्मक नतिजा देखाएको हो ।

सो भ्याक्सिन निर्माताले कोरोना भाइरसको खोपको पहीलो परीक्षणको नतिजा उत्साहजनक देखिएको उल्लेख गरेका छन् ।

कोभ्याक्सिन इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च र भारत बायोटेकको सहकार्यमा निर्माण गरिएको हो । अहिले सो भ्याक्सिनको विभिन्न १२ स्थानमा प्रारम्भिक परीक्षण भइरहेको छ भने हैदराबादमा गरिएको परीक्षणबाट सकारात्मक नतिजा आएको बताइएको छ ।

शुक्रबार भारत बायोटेकले, ‘गर्वका साथ आफ्नो कोरोनाको भ्याक्सिनले सकारात्मक नतिजा दिएको घोषणा गर्दछ’ भन्दै ट्वीट गरेको छ ।

भारत बायोटेकले २० वटा बाँददरमा भ्याक्सिन परीक्षण गरेको थियो भने परीक्षण गरिएका सबै बाँदरमा कोरोना भाइरससँग लड्नसक्ने प्रतिरक्षा शक्ति विकास भएको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]