गाडी धनीले आफ्नै बसभित्र गरे आत्महत्या

दाङ । एक जना बस धनीले बस भित्रै विष सेवन गरी आत्महत्या गरेका छन् । दाङको तुल्सीपुर बसपार्कमा एकजना गाडी धनीले बस भित्रै विष सेवन गरी आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्ने व्यक्ति सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १३ निवासी ३४ वर्षीय भरत बस्नेत भएको खुलेको छ । उनले शुक्रबार तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नो बस भित्रै विष सेवन गरि आत्महत्या गरे प्रहरीले जानकारी दिएको छ ।
बस्नेतले आफ्नो पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन् ।
विष सेवन गरेका उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले बस्नेतलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।