एनआरएनको ओसेनिया क्षेत्रीय बैठक आज र भोलि, प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवाली

सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक आजबाट सुरु हुँदैछ । ओसेनिया क्षेत्रमा रहेका देशहरु, अष्ट्रेलिया, न्यूजिल्याण्ड, भानुआटु र पपुवा न्यूगिनीका प्रतिनिधि सम्मिलित हुने यो बैठकमा मुख्यतः नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गैरआवासीय नेपालीहरुले खेल्न सक्ने भूमिको विषयमा छलफल हुनेछ । बैठक अष्ट्रेलियन समय अनुसार दिउँसो २ बजेदेखि सुरु हुनेछ भने राति ११ बजेसम्म विभिन्न सेसन सञ्चालित हुनेछन् । उद्घाटन सत्र भने २ घण्टाको छ ।

अनलाईनको माध्यमबाट हुने बैठकमा प्रमुख अतिथिको रुपमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागी हुनेछन् । यस्तै बैठकमा पूर्व अर्थमन्त्री डा। रामशरण महत, नेकपाका नेता टोपबहादुर रायमाझी, अष्ट्रेलियाका राजदूत महेशराज दाहाल, न्यूजिल्याण्डका मन्त्री माईकल उड, अष्ट्रेलियाका सहायक विदेशमन्त्री जेसन उड, न्यूसाउथवेल्सका लेबर नेता एवं छायाँमन्त्री जोडी मेके लगायत अतिथिका रुपमा सहभागी हुनेछन् ।

आयोजकको रुपमा एनआरएन अध्यक्ष कुमार पन्त, उपाध्यक्ष मन केसी, पुर्वअध्यक्ष शेष घले, आईसीसी महिला संयोजक भोमा लिम्बु, एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडल, एनआरएन न्यूजिल्याण्डका अध्यक्ष लाल केसी सहभागी रहने एनआरएन ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डेले जानकारी दिए ।

एनआरएनको ओसेनिया क्षेत्रीय बैठकसँगै ज्ञान सम्मेलन समेत गरिने भएको छ । ज्ञान सम्मेलनमा ७ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिने भएका छ । यी कार्यपत्रहरुमाथि छलफल गरिनेछ ।

ओसेनिया क्षेत्रीय बैठकका विषयमा हामीले गरेको कुराकानी यहाँ हेर्नुहोस्

MNTV Live – NRNA Oceania Regional Meeting and Challenges

गैरआवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय बैठक आगामी सेप्टेम्बर १२ र १३ तारिख आयोजना हुँदैछ । अनलाईन माध्यमबाट हुने यस बैठकमा प्रमुख अतिथिको रुपमा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली रहनुहुने तय भएको छ । यस्तै प्रतिपक्षीको तर्फबाट पूर्वअर्थमन्त्री डा. रामशरण महत सहभागी हुने पनि निश्चित भएको छ । बैठकको तयारी, दोश्रो दिनको ज्ञान सम्मेलन लगायतका विषयमा हामीले क्षेत्रीय संयोजक होम पाण्डे, आईसीसी सदस्य नारायण काफ्ले र ओसेनिया महिला संयोजक जानकी पौडेल MNTV LIVE

Posted by My Nepal TV (MNTV)- Australia on Wednesday, 9 September 2020