भक्तपुरमा एकै परिवारका ३ जनाको शव फेला, हत्याको आशंका

काठमाडौँ । भक्तपुरमा घरभित्र एकै परिवारका ३ जनाको शव भेटिएको छ । भक्तपुरको निकोसेरा मध्यपुर ठिमि स्थित एकै परिवारका तीन सदस्य मृत अवस्थामा फेला परेका हुन् । भर्खरै प्राप्त जानकारी अनुसार मृतक बाबु आमा र बच्चा हुन् ।

स्थानीयको खबरपछि अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले पुष्टि गरे । उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।