अष्ट्रेलियाको सबैभन्दा धनीहरुको सूचि यस्तो छ, एक नम्बरमा छिन् जीना !

अहिले यतिबेला विश्व नै कोरोनाको महामारीमा छ । अष्ट्रेलिया सहित विश्वका हरेक देशमा कोरोनाको असर व्यापार र व्यवसायका हरेक क्षेत्रमा परेको छ । केही कम्पनीहरुले मुनाफा गरेका छन् होला तर असर सबैतिर देखिन्छ । अष्ट्रेलियामा पछिल्लो समय बढेको चीनसँगको तनावका कारण यहाँको अर्थतन्त्र अहिले २९ वर्षपछि मन्दीको अवस्थामा छ । यो मन्दीले ल्याउने असरको पूरा रुप हेर्न बाँकी नै छ । सर्वसाधारणहरुलाई असर आफ्नै खाले छन् तर धनीहरुलाई पनि प्रभाव नपर्ने होइन । धनीको प्रभाव अझ ठूलै पनि हुन सक्छ । तर, आज हामीले यहाँ चर्चा गर्न लागेको विषय कोरोनाको असर होइन । हामीले आज अष्ट्रेलियाका धनी व्यक्तिहरुको सूचि तपाईंहरुसामू प्रस्तुत गर्दैछौं । जसको पहिलो नम्बरमा एक महिला छिन् ।

‘द सिइयो वल्र्ड’ म्यागजिनले अष्ट्रेलियाका टप ३६ धनी व्यक्तिहरूको नामावली लिपिबद्ध गरेको छ । जसमा धेरै अष्ट्रेलियाको सार्वजनिक जीवनमा परिचय कमाएकै व्यक्तिहरु पनि छन् ।

सो म्याग्जिनमा प्रकाशित सूचीका अनुसार जीना राइनहर्ट अस्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानमा छिन् । अस्ट्रेलियाकी व्यवसायी राइनहर्ट कूल १४.६ विलियन डलर सम्पत्ति सहित पहिलो स्थानमा पर्न सफल भएकी हुन् । उनी धेरै खानीकी मालिक्नि हुन् ।

त्यस्तै सफ्टवेयर कम्पनी अट्लासियनका सह–संस्थापक माइक क्यानन ब्रुक्स अस्ट्रेलियाका धनी व्यक्तिहरूको दोस्रो स्थानमा छन् । अस्ट्रेलियन रिच इन्डेक्स–२०२० का अनुसार उनको सम्पत्ति ११.८ विलियन डलर रहेको छ । उनलाई फोव्र्सले भने पाचौं नम्बरमा राखेको छ । वार्षिक आर्थिक प्रतिवेदन २०२० का अनुसार शीर्ष १० स्थानमा रहेका अस्ट्रेलियन धनीहरूसँग मात्र ८१.३ विलियन डलर सम्पत्ति रहेको छ ।

त्यस्तै, एट्लासियन कम्पनीका अर्का सह–संस्थापक स्कट फार्कुअर शीर्ष तीनमा पर्दा एन्थोनी प्राट चौथो स्थानमा पर्न सफल भएका छन् । उनीहरूसँग क्रमशः ११.८ र १०.४ विलियन डलर सम्पत्ति रहेको छ ।

१० विलियन डलर सहित आन्द्रे फरेस्ट पाँचौँ, ८.२ विलियन डलर सहित ह्यारी ट्रिंगोफ छैठौँ नम्बरमा छ । फोव्र्सले भने हयारीलाई ९ विलियन डलर सम्पत्तिसहित दोश्रो नम्बरमा रहेको देखाएको छ । उनी ८७ वर्षका भए । ५.३ विलियन डलर सहित फ््रयांक लवी सातौँ स्थानमा पर्न सफल भएका छन् ।

सिइयो वल्र्डले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टहरूलाई विश्लेषण गर्दै यो सुची प्रकाशित गर्ने गरेको छ । यो सुचिमा राखिएको सम्पत्ति अमेरिकी डलरमा गणना गरिएको छ ।

सो म्याग्जिनले उनीहरूको सम्पत्ति यहाँ प्रस्तुत गरिएकोभन्दा पनि बढी हुनसक्ने समेत उल्लेख गरेको छ । यस्तो छ अष्ट्रेलियाका धनीहरुको तालिका-

१. जिना राइनहर्ट – १४.६ विलियन डलर
२. माइक क्यानन ब्रुक्स – ११.८ विलियन डलर
३. स्कट फर्कर – ११.८ विलियन डलर
४. एन्थोनी प्राट – १०.४ विलियन डलर
५. आन्द्रे फरेस्ट – १० विलियन डलर
६. ह्यारी ट्राइगवफ – ८.२ विलियन डलर
७. फ्र्यांक लवी – ५.३ विलियन डलर
८. जोन ग्यांडल – ३.४ विलियन डलर
९. जेम्स प्याकर – ३ विलियन डलर
१०. माइकल हिन्ट्ज – २.९ विलियन डलर
११. क्लाइभ पाल्मर – २.८ विलियन डलर
१२. केरी स्टक्स – २.७ विलियन डलर
१३. फियोना जिमाइन्डर – २.७ विलियन डलर
१४. लिन्डसे फक्स – २.४ विलियन डलर
१५. रिचार्ड ह्वाइट – २.१ विलियन डलर
१६. ज्याक कोविन – २ विलियन डलर
१७. डेभिड हाइन्स – १.९ विलियन डलर
१८. विवेक चन्द सेहगल – १.९ विलियन डलर
१९. हेलोइस प्राट – १.८ विलियन डलर
२०. ग्रेटल पाकर – १.७ विलियन डलर
२१. निगेल अस्टिन – १.६ विलियन डलर
२२. डेभिड टेह एण्ड फेमिली – १.६ विलियन डलर
२३ एंगेला बेनेट – १.६ विलियन डलर
२४. ल्यांग वाल्कर – १.५ विलियन डलर
२५. सेलेमन ल – १.५ विलियन डलर
२६. बब इल – १.३ विलियन डलर
२७. ब्रेट ब्लण्डी – १.३ विलियन डलर
२८. जोन भ्यान लिसट – १.३ विलियन डलर
२९. गेरी हार्वे – १.२ विलियन डलर
३०. टेरी स्नो – १.१ विलियन डलर
३१. क्रिस वालिन – १.१ विलियन डलर
३२. म्यानी स्टल – १.१ विलियन डलर
३३. केर नाइलसन – १.१ विलियन डलर
३४. साम टारासियो – १.१ विलियन डलर
३५. जुडिथ नाइलसन – १ विलियन डलर
३६. जिनिया राइनहर्ट – १ विलियन डलर