सारा खानलाई कोरोना संक्रमण

एजेन्सी – टेलिभिजन अभिनेत्री सारा खानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार खानको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि खानले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाह बमोजिम होम क्वारेन्टाइनमा बसेको जाकारी दिएकी छन् ।

माैसमको समस्याले गर्दा उनले सुटिङबाट केही समयका लागि बिदा लिएकी थिइन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनले आफ्नो नजिकमा आएकाहरूलाई कोरोना परीक्षण गराउन अनुरोध गरेकी छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि यसको उपचारका लागि आफुले घरेलु उपचार पद्धतिहरू अपनाएको समेत उल्लेख गरेकी छिन् ।

उनको टिभी सिरियल ‘सन्तोषी माँ–सुनाएँ व्रत कथायें’ लोकप्रिय रहेको छ ।