असहमतिका विषयलाई थाती राख्दै संविधान जारी गरौँ : बिजुक्छे


narayanनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश, शासकीय स्वरूप र स्थानीय निकायको विवादलाई थाती राखेर अरू विषयमा सहमति गरेर संविधान जारी गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो – “जसरी थालभरिको तातोभात एकैपटक खान खोज्दा समस्या आउँछ, एकएक गाँस गरेर खाए सजिलै सकिन्छ, त्यसैगरी संविधानमा सहमति भएका विषयलाई बुँदागत रूपमा समेटेर लैजाने र सहमति नभएका विषयलाई पछि छलफल गर्दै लैजाने विकल्पमा जानुपर्छ ।” माघ ८ गते संविधान नआए पनि देशमा कुनै समस्या नआउने बताउँदै उहाँले जसरी अहिले देश चलेको छ माघ ८ पछि पनि अन्तरिम संविधानकै भरमा देश सहज रूपमै चल्ने दाबी गर्नुभयो । दलहरूबीच प्रक्रियामा जाने सहमति भए माघ ८ मै संविधान जारी गर्न सकिने तर सहमति नभए माघ ८ मा संविधान जारी नहुने उहाँको भनाइ थियो । दोस्रो संविधानसभापछि आठ दलीय मोर्चा विघटन भएकै कारण अहिले उपद्रो मच्चिएको बताउँदै उहाँले आठ दलीय मोर्चालाई फेरि ब्युँझाएर सहमतिको प्रयास गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]