मादक पदार्थ सेवन गरेका चालकले दुर्घटना गराएको भन्दै सडक अबरुद्ध


MTTV_SIDE_LOGO3मादक पदार्थ सेवन गरी राति दुई जना साथी लिएर भक्तपुर घुमेर फर्किँदा महाराजगन्ज बस्ने आदित्य अग्रवालले चलाएको बा९च ६५६४ नंको कारले ठक्कर दिँदा मृत्यु भएकी महिलाका आफन्तले सडकमा प्रदर्शन गर्दा सानोठिमी सडक दिनभर अवरुद्ध भएको छ । प्रहरीका अनुसार ठमेलमा मध्यरातिसम्म मापसे गरी घुमेर सल्लाघारीबाट फर्किँदा अनियन्त्रित रूपमा तीव्र गतिमा कार चलाएका अग्रवालले गए राति करिब १ः३० बजे बा१७प १९४१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मध्यपुरथिमि बोडेका देवकी थापाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ४५ वर्षीय जीवन थापाको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिले जनाएको छ । मृतकका परिवारले चालक अग्रवाललाई कारबाही गर्नुपर्ने माग गर्दै दिनभर प्रहरी वृत्त थिमि अगाडि पेप्सीकोला, सानोठिमी हुँदै भक्तपुर जाने सडकमा टायर बालेर सडक अवरुद्ध पारेका थिए । मध्यराति बिरामी बाबुको अवस्था गम्भीर भएको खबर आएपछि श्रीमान्लाई लिएर माइत गएकी देवकीले न त बाबुको अनुहार हेर्न पाइन् न त बाबुले छोरीको । माइतीमा बाबुको मृत्यु हुँदा यता कारको ठक्करमा परेर सडकमा छोरीको मृत्यु भएपछि बोडे थापा टोलका बासिन्दामा दिनभर आक्रोश पोखिरहे र शोकमा परिरहे । पटक पटक मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण चार पटक सवारी अनुमतिपत्र प्वाल पारिइसकेका अग्रवालले पाँचाँै पटक ज्यानै जाने गरी दुर्घटना गरेपछि मृतकका आफन्त एवम् परिवारले अग्रवाललाई ज्यान मुद्दा लगाउनुपर्ने माग गरे । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले दुई पक्षबीच साँझ सहमति भएपछि बन्द सडक खुलेको जानकारी दिँदै पीडितले जाहेरी दिएपछि बुधबार नै म्याद थप गरेर अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]