संविधान लेख्नका लागि दलहरु निरन्तर वार्तामा रहेको प्रधानमन्त्री कोइरालाको भनाई, हक अधिकारका विषयमा खेलवाड गर्न नहुने


????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनलाई निष्कर्षमा पु¥याउन दलहरूबीच सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । तमु ल्होछार २०७१ का अवसरमा आयोजित कार्यक्रममा उहाँले अखबारमा आउने गरेका समाचारका कारण चिन्तित बन्नु नपर्ने बताउँदै दलहरू संविधानका लागि निरन्तर वार्तामा रहेको बताउनुभयो । देशमा शान्ति, अमनचयन र विकासका लागि संविधान अपरिहार्य भएको बताउँदै उहाँले भन्नुभयो, “विगत ६० वर्षदेखि नेपाली जनताले गरेका सङ्घर्षका उपलब्धिलाई रक्षा गर्न संविधान जारी गर्नुको विकल्प छैन ।” लोकतन्त्रको संस्थागत विकासमा मात्र विभिन्न जातजाति भाषाभाषीको हक अधिकार सुनिश्चित हुनेमा जोड दिँदै उहाँले ती हक अधिकार संस्थागत गर्ने कुरामा कसैले खेलवाड गर्न नहुने बताउनुभयो । नेपाल बहुजाति, बहुसांस्कृतिक देश भए पनि यहाँका यी विविधतामा एकता कायम रहेको चर्चा गर्दै उहाँले यो एकतालाई निरन्तरता दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपालमा तमु समुदायले यहाँको एकीकरणदेखि लोकतन्त्र प्राप्तिसम्मका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको उहाँको भनाइ थियो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, डा गणेशबहादुर गुरुङ, पदमबहादुर गुरुङलगायतलाई प्रधानमन्त्री कोइरालाले सम्मान गर्नुभएको थियो । सो अवसरमा श्रम राज्यमन्त्री गुरुङले नेपालका बहुभाषी, बहुजाति र बहुसांस्कृतियुक्त देश भएको र यहाँको युगौंदेखिको एकता र सद्भाव आगामी दिनमा पनि उत्तिकै कायम हुनुपर्ने बताउनुभयो । एनेकपा (माओवादी)का स्थायी समिति सदस्य अग्नि सापकोटाले आगामी संविधानमा विभिन्न जातजाति भाषाभाषीको पहिचान आवश्यक हुने बताउनुभयो । तमु ल्होसार २०७१ आयोजक समिति अध्यक्षमण्डलका अध्यक्ष डिबी गुरुङले आगामी संविधानमा तमु समुदायको राज्यमा समान अवसर र पहिचानको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । तमु समुदायको प्राचीन संस्कृतिअनुसार प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेँडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइने प्रचलनअनुरूप आजदेखि भेँडा वर्ष सुरु भएको उहाँले जानकारी गराउनुभयो । उक्त अवसरमा देशका विभिन्न जिल्ला र स्थानमा वसोवास गर्ने तमु समुदायका झाँकी प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]