एयर एशियाको बेपत्ता विमानको खोजी रात परेपछि रोकियो, विमान कम्पनी र ईन्डोनेसिएन उड्डयन प्राधिकरणले दिए सम्पर्क विच्छेदको फरक फरक समय


planeएयर एशियाको १ सय ६२ जना सवार बेपत्ता विमानको खोजी अध्यारो भएकोले तत्कालका लागि रोकिएको । उज्यालो भएपछि फेरि उद्धार र खोजी कार्य अघि बढाउने अधिकारीहरुले बताएका छन्।विमान ईन्डोनेसियाको सुरबायाबाट सिंगापुरका लागि उडेको थियो । विमानमा १ सय ५५ यात्रु र ७ जना चालक दलका सदस्यहरु रहेका थिए । एयर एशियाका अनुसार विमानका पाईलटले सम्पर्क विच्छेद हुनुअघि मौसमको खराबीका कारण बाटो परिवर्तन गनुृपर्ने अवस्था आएको जानकारी गराएका थिए । ईन्डोनेसियाको उड्डयन प्राधिकरण र एयर एशियाले विमानको सम्पर्क विच्छेद भएको समय फरक फरक दिएपछि विमानमा सवार रहेका व्यक्तिका आफन्तहरु आक्रोशित भएका छन् । उड्डयन प्राधिकरणले ले स्थानीय समय अनुसार विहान ६ बजेर १५ मिनेटमा सम्पर्क विच्छेद भएको बताएको छ भने एयर एशियाले सात बजेर २४ मिनेटमा सम्पर्क विच्छेद भएको जनाएको छ । एयर एशिया मलेशियाको बजेट एयरलाईन्स कम्पनी हो । सस्तो भाडादरका कारण यात्रुहरुबीच यो लोकप्रिय छ । बेपत्ता विमान एयरबस ए ३२० भएको अधिकारीहरुको भनाई छ । एक नाबालक र १७ बालबालिकासहित १ सय ६२ जना विमानमा सवार थिए । ईन्डोनेसियाको सुरबायाबाट सिंगापुरका लागि उडेको विमान हराएको क्षेत्रमा ठूलो मेघ गर्जन भइरहेको र पानी परेको, हुरी चलेको बताइएको छ । मलेसियन एयरलाईन्सको विमान हराएको १० महिनापछि अर्को विमान बेपत्ता भएको न्यूज सार्वजनिक भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]