संविधान जारी गर्न सरकार अत्यन्तै लचिलो भएको मन्त्री पाण्डेको भनाई, मस्यौदा माघ ८ मा


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले सरकारका तर्फबाट संविधान जारी गर्न कुनै कसर बाँकी नराखेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले विदुरमा आयोजना गरेका पत्रकार सम्मेलनमा उहाँले दलहरु इमान्दारीपूर्वक लाग्ने हो भने माघ ८ मै संविधानको प्रारम्भिक मस्यौदा आउने दाबी गर्नुभयो । मन्त्री पाण्डेले संविधानसभा र सहमतिबाट हटेर एकीकृत नेकपा (माओवादी)ले गर्ने भनेको आन्दोलनको कुनै अर्थ नभएको र उक्त आन्दोलनमा जनता सहभागी नहुने बताउनुभयो । उहाँले राजनीतिक दलबीच सहमतिका लागि चार शक्तिका चार जनाको नेतृत्वमा गठन गरिएको कार्यदलले छिटै सहमतिको वातावरण बनाउने विश्वास व्यक्त गर्नुुभयो । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणले नेपालमा चिनियाँ लगानी भित्र्याउन र केरुङ नाका हुँदै काठमाडौँसम्म रेल सञ्चालनका लागि फलदायी भएको बताउँदै मन्त्री पाण्डेले चिनियाँ लगानीमा उद्योग, कलकारखाना सञ्चालनका लागिसमेत सकारात्मक छलफल भएको टिप्पणी गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]