तिम्रो सारै याद आउँछ आमा…!

बर्खामा तप्प तप्प चुहिएका पानीका थोपाहरूले चुलोको आगो निभाईरहँदा…. गहभरी आँसु पारेर माथी आकाशतिर हेर्दै मैले गरेका ति अधुरा बाचा, चुहिएको खरको छानो फालेर टिन टल्काउँछु आमै तिमी हेरी राख।। तिम्रो ओठमा मुस्कान ल्याउनेछु भन्दै आँगनमा फन्को मारीमारी भनेको…. हो तिनै बाचाहरू सम्झेर रुँदीहौली….

बिट फाट्न सुरूभएको नाग्लो पनि अब चामल निफन्न छोड्यो होला…. पैसा कमाएपछि पहिलो कमाईले तिम्लाई पावरवाला चस्मा ल्याईदिन्छु आँखा देख्नै छोड्यौ बुढी आज त घुनैसहित भात पकाईछ्यौ भनेका बाणीहरू पनि बिर्सेउ होला…. अनि माली गाई, मेरो नाममा तिम्ले अँधिया लिएको माली गाईपनि बूढ़ी भई होली…. अब त दुध दिन नी छोडी होला।। त्यै दूध बेचेर घर धन्दा चलाउँथ्यौ…. मेरो बाटो त हेर्नै छोड्यौ होला ….न चिठी न कुनै खबर आशै मार्यौ होला मेरा लागी फेर्ने सासै मार्यौ होला…. फाटेको चोली बाह्र ठाउँ सिलाएर वर्षौं लगाउँथ्यौ अनि मलाई हरेक दशैंमा दूध बेचेको पैसा बचाएर सर्ट र पाईन्ट किन्दिन्थ्यौ …. कंठै एकजोर खुट्टामा चप्पल कैले लाउन पाइनौ । पट्पटी फुटेर चिरा परेका खुट्टामा चह्रायो होला, आत्था भन्दै तोरीको तेलले सुत्नेबेला मालीस गथ्र्यौ तर चप्पल किनेर कहिल्यै लाईनौ…, बे मा बा आमाले किन्देको त्यै पूरानो गुन्यू जति फाटेनी लाउनँ छोड्दिनथ्यौ तर पनि कहिले यस्तो लाउन पाए ऊस्तो लाउन पाए हुन्थ्यो भनेर गुनासो गरेको कहिले सुनिनँ ….

बरू माथ्लाघर ठूल्दाई कपडा सिलाऊने काम गर्ने हुन्छ्यो कपडा काटेर बचेका टुक्रा ल्याएर गून्यू टाली टाली माईतीको चिनो भनेर लाउँथ्यौ….। आखिर गर्थेउ पनि के नयाँ लाउने तिम्रो भाग्यमै रहेनछ त बुढी… । तँलाई पढाऊन सके सुख पाईन्छ कि नयाँ गुन्याू र एकजोर चप्पल अनि दसैमा तँलाई एक किलो पूरै मासु पकाईदिऊला, तैले कमाएर ल्याएको पैसाले भन्दै कॉधमा टाऊको राखेर मैले देखुला की भनेर सिरमा बाधेको पछेऊरीको टुप्पोले हतार हतार आँसु पुछेकी थियौ….सकिनौ आमै तिम्ले बाँचा पुरा गर्न….। सकिनौ तिम्ले छोरो पढाउने सपना पुरा गर्न…. अनि सकिनौ एकजोर नया चप्पल र गुन्यू लाऊने सपना पुरा गर्न….

….न चिठी न कुनै खबर आशै मार्यौ होला मेरा लागी फेर्ने सासै मार्यौ होला…. फाटेको चोली बाह्र ठाउँ सिलाएर वर्षौं लगाउँथ्यौ अनि मलाई हरेक दशैंमा दूध बेचेको पैसा बचाएर सर्ट र पाईन्ट किन्दिन्थ्यौ …. कंठै एकजोर खुट्टामा चप्पल कैले लाउन पाइनौ । पट्पटी फुटेर चिरा परेका खुट्टामा चह्रायो होला

गरिब भएर सपना देख्नुनै पाप रैछ…. सपना पुरा गर्दिने आशा देखाएर घॉत गर्नै हरू लाईन लागेर बसेका हुदारछन्…. गरिबलाई जे गरेनी बोल्दीने को हुन्छ र ? साथ त तिनै पैसावाला हरूलाई नै दिन्छन यहाँ….आखिर उनीहरूनै काम लाग्छन गरिबले त कस्को मद्दत गर्न सक्छन् र….के नै हुन्छ र….एक छाक ऑटो टार्न पनि मेलापात गरेर, दूध बेचेर गुजारा चल्छ। मुखीयाको छोराले लगाएको दौरा सुरूवाल र ईस्टकोट मलाई पनि चाहिएर दुईदिन सम्म भात नखादा दसैमा दूध बेचेको पैसाले किन्दिने बाचा गरेकी थियौ आमै…. त्यो पनि पूरा हुनै नपाई डाँडा काट्नुपर्यो तिम्रो बालखे छोराले…. घर पछाडीको बाले रोपेको ऑपको बुटोमुनी बसेर ऑसु झार्दै हौली छोरो संम्झेर…. छोरो फर्काईदेऊ भन्दै देबिथान मा फूल चढाऊदी हौली, म पनि तिम्लाई संम्झेर दिन बिताऊदैछु आमै….

तिम्रा एक जोडी नयाँ लुगा लाउने, चुहीएको छानो टिनले चम्काऊने सपना पुरा गर्न त खै के गरुँला र  ? आमै बस तिम्रा काखमा बसेर तिम्रा हातले पकाएको मकैको ढिडो खान मन छ….अनि घर पछाडीको ऑपको रूखमुनी बसेर मकै चिया खादै बा एस्तो गर्थ्ये ऊस्तो गर्थ्ये भन्थ्यौ अनि बा को अनुभब गरेर ऑसु फेरी झारेर बेस्मारी रुन मन छ । तिम्रै काखमा निदाउन मन छ…. तिम्रो सारै याद आउँछ आमा…. मलाई तिम्रो सारै याद आउँछ …