अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २५ स्वर्णसहित नेपाल च्याम्पियन


karateप्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपाल सितोरियो कराते सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालले २५ स्वर्णसहित २३ रजत पदकका साथ च्याम्पियन बनेको हो । त्यस्तै भारत र बङ्गलादेशले भने समान एक÷एक स्वर्णपदक प्राप्त गरे । प्रतियोगितामा ३५ केजी तौल समूहमा नेपालका सागर कार्की, ४० केजीमा पेम्बा छिरिङ शेर्पा, ४५ केजीमा अनिस लामा, ५० केजीमा सोनाम लामा, ५५ केजीमा सुजन श्रेष्ठ, र ६० केजी तौलसमूहमा राजु त्रिपाठीले स्वर्णपदक हात पारे । त्यस्तै, महिलातर्फको ३५ केजी तौल समूहमा मन्दिरा थापा, ४५ केजीमा मोनिका योञ्जन, ५० केजीमा आयुषा शाही, ६५ केजीमा मिङ्मा तामाङ र ६८ केजी मुनीको तौल समूहमा सिर्जना सापकोटाले स्वर्णपदक हात पारे । यसैगरी, १० वर्ष मुनिको उमेर समूहको बालिकामा भारतकी वैशाली प्रधानले नेपालकी कुशुम पौडेललाई पराजित गर्दै स्वर्णपदक हात पारिन् । प्रतियोगितामा भारतले जितेको यही एक मात्र स्वर्ण पदक हो । त्यस्तै, बङ्गलादेशका लागि भने ४० केजी तौलसमूहमा प्रिया अक्तरले नेपालकी मिरा योञ्जनलाई पराजित गर्दै स्वर्णपदक हात पारिन् । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका ४९७ खेलाडीले २७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]