एमाले स्थायी समितिको विस्तार, दलित, जनजातिलाई समेटियो


cpn umlनेकपा (एमाले) स्थायी कमिटीमा पाँच जना नेताहरू शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरूङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल थपिनुभएको छ । पार्टीको स्थायी कमिटीको बैठकले उहाँहरूलाई सो जिम्मेवारी दिइएको हो । स्थायी कमिटीमा बाँकी एक सदस्य थप गर्न अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरूसँग परामर्श गर्नुहुने बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । योसँगै एमालेको स्थायी कमिटी २२ सदस्यीय भएको छ । बैठकले २६ डिसेम्बरका दिन परेको माओत्सेतुङ जन्मजयन्ती सन्दर्भमा चिनियाँ क्रान्तिका महान नेताप्रति उच्च सम्मान प्रकट गर्दै चिनियाँ क्रान्ति, विश्वका उत्पीडित राष्ट्रको हित र नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउन उहाँले खेलेको भूमिकाको स्मरण पनि गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]