अनलाईन रिलिजपछि चलचित्रघरहरुमा पनि आयो ईन्टरभ्यू, उद्देश्य बोकेको कमेडी चलचित्रको नाफा कमाउने आशा


interviewचलचित्रहरु निश्चित उद्देश्यका लागि निर्माण गरिन्छन् । कुनै चलचित्र सामाजिक परिवर्तनको उद्देश्यका साथ हुन्छ भने कुनै राजनीतिक र धार्मिक । तर, यस्ता उद्देश्य बोकेपनि चलचित्रले एउटा समान उद्देश्य भने बोकेकै हुन्छ, त्यो हो मनोरञ्जन । चलचित्र ईन्टरभ्यू राजनीतिक उद्देश्यका साथ निर्माण गरिएको चलचित्र हो । र, यसले मनोरञ्जन पनि प्रशस्तै दिन्छ । उत्तर कोरियाका शासकलाई प्रत्यक्ष रुपमा व्यंग्य गरिएको र त्यहाँका जनताको जीवनस्तरका विषयमा जेजस्ता प्रचारहरु भइरहेका छन् तिनैका आधारमा निर्माण गरिएको यो चलचित्रमा त्यहाँका जनता अत्यन्तै पीडित बनेको र शासकहरुलाई भगवान मानेका कारण उनीहरुविरुद्ध बोल्न नसकेको देखाइएको छ । चलचित्रमा यतिसम्म गरिएको छ कि, शासक किम जोंग उन आफ्नो अस्तित्वको निम्ति भित्रभित्रै क्रुद्ध बन्दछन् । उनी पश्चिमा मनोरञ्जनका सबै साधन प्रयोग गर्दछन् । तर, यो बाहिर देखाईँदैन, यतिसम्म कि उनी नग्न सुन्दरीहरुको समूहमा समेत देखिन्छन् । र, यसमा नै अमेरिकी गुप्तचर संस्था सिआईएले अन्तर्वार्ता लिन जान लागेका एक एंकर र एक प्रोड्युसरलाई प्रयोग गरी कसरी यी शासकको अन्त्यको योजना बनाउँछ भन्ने कुरालाई यसमा देखाइए पनि चलचित्र निकै मनोरञ्जक छ । यही चलचित्रको विषयलाई लिएर केही समय अघि सोनी पिक्चर्सले ठूलै क्षति व्यहोर्नुपर्यो । तर, अन्ततः वाक स्वतन्त्रताको नाममा यो चलचित्र प्रदर्शनमा आएको छ । हुनतः यस्तै राजनीतिक चलचित्र यसअघि पनि नबनेका होइनन, तर किम जोंग ऊन जो सानै उमेरका छन् र उनले उत्तर कोरियालाई कसरी अघि लैजालान् भन्ने अनुमान मात्रै भइरहेका बेला उनीमाथि प्रहार गर्दै बनेको चलचित्रले त्यहाँ विद्रोह भड्काउने उद्देश्य राखेको प्रष्ट हुन्छ । तर, आवरण भने मनोरञ्जनको छ । अमेरिकामा रिलिज भएको दिन बिहानैदेखिका शोहरु सोल्डआउन भएको न्यूज आइरहेका छन् । अनलाईनबाट कतिले हेरे भन्ने प्रष्ट नपारे पनि यसले विश्वमञ्चमा चर्चापनि ल्याएको छ र सँगै एउटा प्रश्न पनि, यसरी निर्माण गरिने चलचित्रले त्यस्तो कार्यलाई घटाउन सहयोग गर्छ वा अझ बढाउन ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]