जब हंगकंगको सडकमा नोटको वर्षा भयो


hongkongक्रिसमस ईभको दिन थियो । एउटा गाडी हंगकंगको सडकमा दौडिरहेको थियो । यो गाडी अरु केही नभएर बैंहरुमा नोट सप्लाई गर्ने गाडी थियो । तर, यसको ढोका केही कमजोर । दुईवटा डिब्बा सडकमा खसे । यी डिब्बामा नोट थिए बैंकमा लान लागिएका १५.२ मिलियन हंगकंग डलर थियो । यसपछि के चाहियो व्यस्त सडकमै मानिसहरु आउन थाले र यो नोट टिप्न थाले । हेर्दाहेर्दै सडकमा छरिएका नोटहरु सिद्धिए । यस लगत्तै सेक्युरिटी कम्पनी र प्रहरीको सहायताले नोट फिर्ता गर्नेलाई सजाय नगर्ने र अन्यलाई चोरी मुद्दा चलाउने भएपछि २९ जनाले आपूmले टिपेको पैसा फिर्ता गरे जुन ५.७ मिलियन डलर थियो । तर, बाँकी पैसा फिर्ता नभएपछि गरिएको कारवाहीमा दुईजना पक्राउ परेका छन् । यसको जिम्मेवारी लिँदै सेक्युरिटी भ्यानको सञ्चालक जीफोरएस (ग्रुप फोर सेक्युरिटी) ले एक वक्तव्य जारी गरेको छ र आगामी दिनमा यस्तो घटना हुन नदिने सतर्कता अपनाउने जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]