राप्रपा नेपालको रथयात्रा सिरहामा


???????????????????????????????हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपा नेपालले सुरु गरेको मेची–महाकाली रथयात्रा  सिरहाको लहान आइपुगेको छ । रथयात्राका क्रममा सिरहाको गोलबजार आइपुगेको राप्रपा नेपालका अध्यक्ष कमल थापासहितको टोलीलाई स्थानीयवासी तथा राप्रपा नेपालका नेता कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका थिए । सो अवसरमा नेता थापाले विदेशी शक्तिको इसारामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउँदै  धार्मिक नेपाल स्वतन्त्रता र सद्भावसहितको हिन्दू राष्ट्र घोषणा हुनुपर्ने बताउनुभयो । रथयात्रा आजै साँझ धनुषातर्फ प्रस्थान गरेको छ । झापाबाट सुरु भएको मेची–महाकाली रथयात्रा यही पुस १८ गते काठमाडौंमा पुगेर समापन हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]