महामारी, अष्ट्रेलियाको उच्चशिक्षा क्षेत्र र अन्तर्राष्ट्रिय विद्यार्थी : सबैले बुझ्नुपर्ने केही कुरा

यतिबेला अस्ट्रेलियाका विश्वविद्यालयहरू खराब समयबाट गुज्रिरहेका छन् । त्यसमा पनि अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कमी भएसँगै आर्थिक समस्या समेत खेप्न बाध्य छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कमीसँगै २०२० मा मात्रै विश्वविद्यालयले ३ देखि साँढे चार बिलियन अस्ट्रेलियन डलर गुमाइसकेका छन् । २०२१ मा हुने घाटा अझै धेरै हुने अनुमान छ ।

अस्ट्रेलियन सरकारले विश्वविद्यालयलाई जबकिपर अनुदानभन्दा बाहिरै राखेको छ । यसयता २१ हजारले रोजगारी गुमाउने आँकलन गरिएको छ । त्यसमा पनि ७ हजार अनुसन्धानसँग सम्बन्धित रोजगारी गुम्ने खतरा छ ।
अधिकांश विश्वविद्यालयको ठूलो शेयर विदेशी विद्यार्थीहरूको शुल्कमा आधारित छ । २०१८ को तथ्यांक अनुसार विश्वविद्यालयहरूको कुल शेयर मध्ये २६.२ प्रतिशत शेयर विदेशी विद्यार्थीले तिरेको शुल्क थियो । तर, कतिपय विश्वविद्यालय यो भन्दा पनि धेरै मात्रामा विदेशी विद्यार्थीको भरमा छन् । उनीहरूको कुल शेयरमध्ये ३०–४० प्रतिशत शेयर विदेशी विद्यार्थीले तिरेको शुल्कमा भर परेको छ ।

अधिकांश सरकारी व्यक्तिहरूले विदेशी विद्यार्थीमा धेरै भर परेको भन्दै विश्वविद्यालयको आलोचना समेत गर्ने गरेका छन् । केही दिनअघि सांसद् जेम्स पेटरसनले संसद्मा भनेका थिए, ’केही दशकदेखि हाम्रा विश्वविद्यालयहरू विदेशी विद्यार्थीहरूले तिरेको शुल्कमा चलेका छन् । अहिले विश्वविद्यालयहरू विजनेशमा परीणत भइसकेका छन् । तर, विश्वविद्यालयहरू भने आवश्यकता अनुसार यो अवस्थामा आएको बताउँछन् ।’
जेम्स भन्छन्, ’सरकारको अपर्याप्त आर्थिक सहयोगका कारण विदेशी विद्यार्थीमा भर पर्नुपरेको उनीहरूको मत छ । यो अवस्थाले विश्वविद्यालयको उत्तरदायित्व छायाँमा पारेको छ । जुन एकदमै गलत छ ।’

तर, केही भने यो मतलाई गलत भन्दै अस्ट्रेलियामा विदेशी विद्यार्थी बारेको इतिहास हेर्न सुझाउँछन् ।
सन् १९२३ देखि अस्ट्रेलियामा विदेशी विद्यार्थी आउन थालेका हुन् । त्यतिबेला सिड्नी युनिभर्सिटिले चीन, वुहानका नी शाहलाई विदेशी विद्यार्थीको रूपमा ल्याएको थियो । उनी पछि चीन गएर शिक्षक नै बने ।
त्यस्तै १९५० देखि इंडोनेशिया, सिंगापुर, मलेशिया तथा हङकङका विद्यार्थीहरू पढ्नका लागि अस्ट्रेलिया पुग्न थाले । यसले विदेशी विद्यार्थी तथा प्रशिद्ध कोलम्बो प्लान समर्थन गर्ने विद्यार्थीको सम्बन्धलाई सायदै उल्लेख गरेको छ । तर, एसिया–प्रशान्त क्षेत्रका सदस्य देशहरूको आर्थिक र सामाजिक विकासलाई सुदृढ पार्न अन्तर्सरकारी प्रयास सफल रहेको देखिन्छ ।

अस्ट्रेलियामा विदेशी विद्यार्थी पढ्न लानका लागि कोलम्बो प्लानले ठूलो भूमिका खेलेको थियो । अहिलेसम्म यसलाई विदेशी विद्यार्थी ल्याउने सबैभन्दा प्रमुख श्रोत भनेर गलत तरिकाले व्याख्या गरिन्छ ।
इतिहासविद् लिन्डन मेगारेटिका अनुसार कोलम्बो प्लानले १९५० देखि ६० को दशकमा विदेशी विद्यार्थीको एक तिहाइ विद्यार्थी मात्रै अस्ट्रेलिया ल्याएको थियो । अधिकांश विद्यार्थीहरू नीजी तरिकाबाट अस्ट्रेलिया भित्रिएका थिए ।

अस्ट्रेलिया आउनेहरूमध्ये विश्वविद्यालयको प्रारम्भिक परीक्षामा पास हुनेहरूले या त आर्थिक सहायता योजना मार्फत छात्रवृत्ति पाउथे भने कतिपयले अस्ट्रेलियन नागरिक जस्तै विश्वविद्यालय शुल्क तिरेर अध्ययन गर्थे ।
१९६६ को अध्ययन अनुसार नीजि तरिकाबाट आउने विदेशी विद्यार्थीहरूले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको ८.९ प्रतिशत भाग ओगट्थ्यो । त्यो संख्या बढिरहेको थियो । आप्रवासी प्रतिबन्धले पनि अस्ट्रेलियन विद्यार्थीहरूको संख्यामा कमी आइरहेको थियो । विदेशी विद्यार्थी पाँच वर्ष अस्ट्रेलियामा बसेपछि स्थायी बसोबास अनुमति प्राप्त गर्न सक्दथे ।

उच्च शिक्षाका लागि दुई वर्ष र डिग्रीका लागि कम्तिमा तीन वर्ष बसेकै हुनु पर्थ्यो ।

१९५० देखि १९६० सम्ममा आएका विदेशी विद्यार्थीहरूमध्ये केही अस्ट्रेलियामै बसे भने धेरैले अध्ययन पुरा गरेर स्वदेश नै फर्किए ।

त्यतिबेला अवश्य नै अस्ट्रेलियन शिक्षामा उत्कृष्टता थियो र यसले एसियन छिमेकी मुलुकका विद्यार्थीहरूलाई अस्ट्रेलियासम्म डोहोर्यायो । अनि पाँच वा धेरै वर्षसम्म पनि बसिरहन सक्ने बनायो ।

१९९० मा अस्ट्रेलियन सरकारले विदेशी विद्यार्थीका लागि पूर्ण शुल्कबारे जानकारी गराएको थियो । तत्कालीन शिक्षा, रोजगार तथा तालिम मन्त्री जोन डकिन्सले विश्वविद्यालयको शिक्षालाई नै निर्यात गर्ने उद्योगको रूपमा हेरे । १९९० मा अस्ट्रेलिया शैक्षिक क्षेत्रमा डकिन्सको नीति सुधार गर्ने प्रक्रियामा थियो । त्यसले छरिएको सार्वजनिक शिक्षा पद्धतिलाई एकल सरकारीकरण गर्यो । डकिन्स सुधारको मुख्य लक्ष्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विश्वविद्यालयमा सहभागी गराउनुका साथै दक्ष नागरिक बनाउने थियो ।

अस्ट्रेलियन सरकारकले विद्यार्थीहरूको आर्थिक पक्षमा सहयोग गर्नका लागि एचइसीएस को स्थापना गर्यो । जस्ले निर्ब्याज अध्ययन सहायता रकम विद्यार्थीलाई उपलब्ध गराउँथ्यो भने विद्यार्थीहरूको कमाइ निश्चित तहमा नपुगेसम्म करका माध्यमबाट ऋण फिर्ता गर्न सक्ने अवस्था सिर्जना गरायो ।

त्यतिबेलासम्म विश्वविद्यालयहरूको आम्दानीको श्रोत विदेशी विद्यार्थीले तिरेको शुल्क थिएन । तर, २००० मा सरकारको सहायतामा कमी तथा अन्तर्राष्ट्रिय विद्यार्थी बढ्न थालेपछि विदेशी विद्यार्थीको शुल्कमा उनीहरू भर पर्न थाले ।

सरकारले थोरै सहायताले ठूला अनुसन्धानको खर्च धान्न नसक्ने र आन्तरिक विद्यार्थीहरू बढ्न थालेपछि विश्वविद्यालयहरू अन्यत्रबाट आर्थिक श्रोत संकलन गर्न बाध्य भए । अहिले यो भनिन्छ कि, विदेशी विद्यार्थीहरूले तिरेको शुल्क संघीय सरकारको अनौपचारिक हिस्सा बन्दै गएको छ । सरकारी कार्य र विदेशी विद्यार्थीबाट आउने आयले हामीले भन्दै आएको सार्वजनिक विश्वविद्यालयहरूले सार्वजनिक श्रोतबाट नै चल्नुपर्छ भन्ने हाम्रो मान्यतालाई चुनौति दिइरहेको छ ।

१९८९ मा ८० प्रतिशत भन्दा धेरै विश्वविद्यालयहरूले सञ्चालन खर्च सार्वजनिक श्रोतबाट जुटाउँथे । तर, अहिले यो संख्या घटेर ४० प्रतिशत भन्दा कम भएको छ ।

२००० को दशकदेखि विदेशी विद्यार्थीले तिरेको शुल्कले धेरै विश्वविद्यालयलाई आफ्नो तहभन्दा माथिल्लो तहमा पुर्याएको छ । अहिले अस्ट्रेलियाका विश्वविद्यालयहरू उत्कृष्ट ५ सयमा अमेरिका र क्यानडाका भन्दा धेरै छन् ।

अस्ट्रेलियाका विश्वविद्यालयले ठुलो संख्यामा राष्ट्रिय स्तरका अनुसन्धानमा सहयोग पुर्याएका छन् भने विदेशी विद्यार्थीको शुल्कले यसलाई स्थिर राख्न समेत सहयोग गरेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार आधा भन्दा धेरै विश्वविद्यालयले अनुसन्धानमा खर्च गर्ने १२ बिलियन डलरको अधिकांश हिस्सा विदेशी विद्यार्थीले तिरेको शुल्कमा भर पर्छ ।

विदेशी विद्यार्थीको मापन उनीहरूले तिर्ने शुल्कबाट मात्रै गर्न मिल्दैन भन्ने मत पनि छ । उनीहरूको कारणले अस्ट्रेलियाका धेरै मानिसहरूको आर्थिक समृद्धि भएको छ भने धेरै रोजगारीको सिर्जना समेत भएको भन्ने प्रमाण पनि देखिन्छन् ।

अस्ट्रेलियाका विश्वविद्यालयबाट शिक्षित भएका जनशक्तिहरू अस्ट्रेलियामा हुने ठूला ठूला अनुसन्धान हुने पक्षहरू हुन् । विदेशी विद्यार्थीहरूले अस्ट्रेलियामा हुने ३७ प्रतिशत अनुसन्धानमा ठूलो भूमिका खेलेका छन् । कृषि लगायत कोरोना जस्ता गम्भीर रोगको उपचारमा पनि उनीहरूको अनुसन्धान महत्वपूर्ण साबित भएको छ । त्यसका साथै, सोलार सिस्टम र प्लास्टिक रिसाइकलको प्रयोग गर्ने सम्बन्धी भएका परियोजनाहरूमा पनि उनीहरूको सहभागिता छ ।

केही विदेशी विद्यार्थीहरू अस्ट्रेलियाको दक्ष आप्रबासीको सबैभन्दा ठूलो एकल श्रोत हो । कतिपय विद्यार्थीहरू अस्ट्रेलियन शिक्षा तथा संस्कृतिलाई सम्मान गर्दै सफल उद्यमी तथा राजनीतिक क्षेत्रमा सफल हुन आफ्नो देश फर्किन सक्छन् । यसलाई हामीले सद्भाव गर्नुपर्छ, नकी नजरअन्दाज ।

प्रस्तुत सामग्री युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको पड्कास्ट सिरिज द न्यू सोसियल कन्ट्रयाक्टमा समेटिएको थियो । त्यसैको भानुवाद हामीले प्रस्तुत गरेका छौं । प्रस्तुत सामग्री महामारीको यो समयमा विश्वविद्यालयहरु, सरकार र सर्वसाधारणको सम्बन्ध पुननिर्माणको विषयमा केन्द्रित छ ।) सम्पादक