संविधान जारी नभएसम्म पापड र पत्रकार महासङ्घले सडकबाट दबाब सिर्जना गर्ने, मागपत्र छातिमा टाँसेर उभिए प्रतिनिधि


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????‘नेपाली जनतासँग गरेको बाचा नतोडौँ, २०७१ माघ ८ गतेभित्रै संविधान जारी गरौँ’ भन्ने नाराका साथ विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिहरूले संविधानसभा भवन नयाँ बानेश्वर अगाडि धर्ना दिएका छन् । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)को आयोजना र नेपाल पत्रकार महासङ्घको संयोजनमा भएको धर्ना कार्यक्रममा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले माघ ८ गतेभित्रै कुनै पनि हालतमा संविधान जारी गर्न शीर्ष नेताहरू लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले दोस्रो संविधानसभामा पार्टीका नेताहरूले जनतासँग बाचा गरेको कुरा पूरा गर्न अब एक महिनामात्र बाँकी रहेको उल्लेख गर्दै कुनै पनि नेताहरू संविधानसभा छाडेर संविधान जारी नभएसम्म गाउँ जाने कुरा नगर्न आग्रह गर्नुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्कीले सम्पूर्ण पार्टीका नेताहरू संविधान निर्माणका लागि चिन्तनशील र गतिशील भएर जोडतोडले लाग्नुपर्ने उल्लेख गर्दै संविधानसभाभन्दा बाहिरबाट संविधान नदिन खबरदारी गर्नुभयो । कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अञ्जनीकुमार झा, नेपाल इन्जिनियर एसोसिएसनका उपमहासचिव इन्जिनियर दिनेशचन्द्र पन्थी, नेपाल शिक्षक युनियनका महासचिव झकबहादुर डाँगी, महासङ्घका महासचिव उजिर मगरलगायतले संविधान जारी नभएसम्म सडक नछाडी दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]