अमेरिकामा विवादमा परेकी भारतीय कूटनीतिज्ञलाई काम दिइएन


INDIA-US-DIPLOMACYअमेरिकामा तीतो विवादमा परेकी भारतीय एक कूटनीतिज्ञलाई आमसञ्चारमा अनधिकृत बयान दिएको आरोपमा हाल कामबाट हटाइएको जानकारी सरकारका एक स्रोतले शनिबार दिएका छन् र यस विषयमा समाचार प्रकाशन भएका छन् । देवयानी खोब्रागडेलाई गत डिसेम्बरमा न्यु योर्कमा पक्राउ गरी नाङ्गो पारी खानतलास गरिएको थियो । त्यस बेलामा खोब्रागडे भारतका लागि उपवाणिज्यदूत हुनहुन्थ्यो र उहाँले आफ्नो घरेलु कामदारलाई दुव्र्यवहार गरेको आरोप लगाइएको थियो । उहाँले उक्त आरोपलाई अस्वीकार गर्नुभएको थियो र उहाँ त्यसपछि भारत फर्कनुभएको छ । यस घटनाका कारण नयाँ दिल्ली क्रुद्ध भएको थियो र तत्कालीन अमेरिकी दूत नान्सी पावेलले राजिनामा दिनुभएको थियो । खोब्रागडे हाल विदेश मन्त्रालयमा हुनुहुन्छ र उहाँले आमसञ्चारलाई अनधिकृत बयान दिएको र आफ्ना छोराछोरीले अमेरिकी राहदानी लिएको जानकारी नदिएको भनी उहाँलाई कामबाट हटाइएको बताइएको छ । मन्त्रालयका एक स्रोतले आफ्नो परिचय नदिने सर्तमा यी समाचार असत्य नभएको बताए । यी अधिकारीले हाल उहाँलाई अनिवार्य प्रतिक्षामा राखिएको बताए । खोब्रागडेमाथि प्रशासनिक छानबिन हुनसक्ने बताइएको छ । अनिवार्य प्रतिक्षा भन्नाले खोब्रागडे मन्त्रालयमा रहनुहुनेछ तर उहाँलाई कुनै जिम्मेवारी दिइनेछैन । दुई सन्तानकी आमा खोब्रागडेले एक साता अगाडि एनडीटीभीलाई आफूलाई न्यु योर्कमा पक्राउ गरि नाङ्गो पारी खानतलास लिइएको बारेमा जानकारी दिनुभएको थियो । अन्तर्वार्ताको समयमा खोब्रागडेले आफ्ना सन्तान अमेरिकामा जन्मेको र उनीहरू अमेरिकी नागरिक भएको बनाउनुभएको थियो । यस भनाइलाई मन्त्रालयले आश्चर्यको रूपमा लिएको बताइएको छ । खोब्रागडेलाई डिसेम्बर १३ मा एक सहमतिका आधारमा स्वदेश फकाईएको थियो । उहाँले आफ्ना घरेलु कामदारलाई न्युनतम बेतनभन्दा निकै कम बेतन दिएको र प्रवेशाज्ञाका लागि निवेदनमा यी कर्मचारीको वेतनका विषयमा गलत जानकारी दिएको आरोपमा उहाँलाई पक्राउ गरिएको थियो । यस विषयमा दुई मुलुकबीच विवादका कारण दुबै मुलुकले अनेकौँ पाइला चालेका थिए र त्यसले दुईपक्षीय रूपमा सम्बन्ध थप बिग्रिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]