आफ्नै छोरी बलात्कार गर्ने पत्रकारलाई २० वर्ष कैद सजाय


jhapaआफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा, गौरादह घर भएका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजाय भएको छ । झापा जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले मङ्सिर २८ गते पोखरेललाई हाडनाता, नाबालक र जबर्जस्ती करणीमा उक्त सजाय सुनाउँदै रु चार लाख क्षतिपूर्ति बिगो भराउने समेत फैसला गरेको हो । विसं २०७० असोज १८ गते झापा जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बादीतर्फ सरकारी वकिल जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराई र प्रतिवादीका तर्फबाट कानुन व्यवसायी चित्रबहादुर मगरले मुद्दामा बहस पैरवी गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]