अमिर खानको नयाँ चलचित्र पिके रिलिज


pkअमिर खान यस्ता बलिउड कलाकार हुन् जो धेरै कुरा आफ्नो अनुकूल मात्रै गर्दछन् । उनी कुनैपनि एवार्ड कार्यक्रममा जाँदैनन् । चलचित्रको स्क्रिप्ट मन पर्यो भने हो नत्र जति नै पैसा दिए पनि खेल्दैनन् । वर्षमा निकै कम मात्र फिल्म गर्दछन् । तर, ति फिल्ममा धेरै मेहनत गर्दछन् । हो, उनी अमिर खानको चर्चित चलचित्र पिके रिलिज भएको छ । चलचित्रको बारेमा विभिन्न अनुमान गरिएपनि यसले कस्तो बजार तताउनेछ यो भविष्यले देखाउला । तर, यस चलचित्रलाई हेरेर क्रिकेटर सचिन तेन्दूलकरले हरियो झण्डा देखाइसकेका छन्, अर्थात् चलचित्र राम्रो छ । उनले भनेका छन् यो चलचित्र मैले जिन्दगीमै हेरेका राम्रा चलचित्रमध्येको उत्कृष्ट हो । कूल ९ अवतारमा देखिने अमिर खानको नांगो पोष्टरले विविध विवाद ल्याएको थियो के हो वास्तविकता त्यो पनि अब सिनेमा हलमा खोलिनेछ । आश्चर्य लाग्ने कुरा के छ भने एक वर्ष लगाएर यही फिल्मका लागि अमिर खानले भोजपुरी भाषा सिकेका थिए । यसको स्क्रिप्ट लेख्न माात्रै राजकुमार हिरानीलाई ५ वर्ष लागेको थियो । चलचित्रमा अमिर खानसँगै अनुष्का शर्मा पनि मुख्य कलाकारको रुपमा रहनेछिन् । चलचित्रले अन्तरीक्षमा जाने एक यात्रीको कथालाई समेटेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]