कथा : सुनको पिंजडा

विएस्सी नर्सिंगको अन्तिम बर्ष थियो त्यो पनि अन्तिम सेमेस्टरमा थिएँ । सबै साथीहरूका आ-आफ्नै प्लानहरू । पढाई सकेपछि मेरो त प्रेमी बिदेशबाट आउँछु भनेको छ । बिहे गरेर जाने हो भन्थे, कसैका आफन्तहरूले चिनेका हस्पिटलमा काम गर्ने हो भन्थे, सबैका आ(आफ्नै सपना थिए । मेरो न विदेशमा प्रेमी न आफन्त हस्पीटलमा काम गर्ने, आफैं खोज्नु पर्ने काम । तर पनि मलाई कुनै आपत्ति भने थिएन । जे हुन्छ समय आएपछि सबै हुन्छ जस्तो लाग्ने मलाई । अरूको आस र सहयोगले नभई आफ्नै मेहेनतले केही गर्छु जस्तो लाग्थ्यो । घरकी जेठीबाठी छोरी, बुवा ममिलाई जिम्मेवारीबाट हल्का बनाउने धेरै ठूलो सपना थियो । बस पढ़ाई सकेर केही गर्छु भन्ने सोच त मनमा कडक्क बाधिएकै थियो….

साउनमा हरिया चुरा हातमा मेहेन्दी लगाऊन एकदमै मनपर्ने मलाई, यसपाली नि साउनमा मेहेन्दी लगाउने उही पुरानो रहर…., साथी रचना लाई घरमै बोलाएकी थिएँ । मेहेन्दी लिएर…. पोहोर उस्कोमा बसेर लगाका थियौ…. सानो छँदा आफ्नै फुलबारीमा भएको तिऊरे कुटेर लाउथ्यौं । अहिले त बजारमा थरी थरीका छानी छानी लाउन पाईन्छ…. रचना र म बार्दलीमा घाम ताप्दै मेहन्दी लगाउँदै थियौ…. पैले उस्कोमा लगाईदिएँ…. हत्केलाको बिचमा सानो अक्क्षरमा पि लेख्न लगाई प्रमोद थियो ऊस्को प्रेमीको नाम । हतार हतार उत्साहित हुदै फोटो खिचेर मेसेन्जरबाट फोटो पठाई “फाईन्ड आऊट योर नेम”…. ऊताबाट नि…. तु मेसेजको रिप्लाई आयो…. आखा चिम्लेर पनि देख्छु “पी”…. मख्ख परि रचने तेति भएपछि….मेरो मा लगाईदिन थाली । हत्केलाभरि मेहेन्दी अनि हरीया र पहेला मिसिएका चुरा लगाऊन एकदमै मन पर्छ मलाई । पल्ला घरकी आन्टी आफ्नो घरको छतमा बसेर चिया पिऊदै हामी मेहेन्दीमा रमाएको हेरी रहनुभएको थियो, सायद उहाँलाई पनि बैसबेला साथीसंग यस्तै रमाएको पल याद आयोहोला । जुरूक्क ऊठेर बार्दलीको डिलमा आएर बोल्नु भो….ज्वाईको नाम पनि लेख्यौ होला नि….जति कडा बस्यो ऊतिनै माया गर्छन् रे नि त…. म मुस्कुराएँ…. रचनेले थपि नाम लेख्नलाई मान्छे हुनुपर्यो नी आन्टी…. दुबै गलललल हास्यौ….हैन के भन्छन हौ यी केटीहरू…. अ‍ैलेको जमानामा  त जस्कोनी हुन्छ भन्छन त हौ…. रचनानै अधि सरी यस्को देखी बाहेक सपैका होलान आन्टी…. यो यस्तैछे….।

लौ के भनौत आन्टी भित्र तिर लाग्नु भयो…. मेहेन्दी त कडै लागेको थियो मेरो हातमा पनि….समय चक्र घुमिरहेको थियो । कलेज, साथीभाई अनि कैले काही घुमघाम यसरि नै चलीरहेको थियो । कलेज सक्के पछि खै को को संग भेट हुने नहुने टुग्गो थिएन …. त्यै भएरहोला साथीहरु भेटीरहन्थ्यौ….साऊन महिना सकिनै लागेको थियो हातमा लागेका मेहेन्दीहरू पनि फितलिदै थिए….अन्तिम सोमबार नुहाई धुवाई पुजापाठ सकेर बाहिर तुलसीको मोठमा पानी चढ़ाएँ ।। ममीले टिका लगाईदिए पछि ब्रतको शुभारम्भ गरें…. आज कुरा गर्नु छ तँसंग अ‍ैले बुवा आएपछि, एक्कासी बोल्नुभो ममि…., के हो के ममि तेस्तो कुरा…. पख न तेरो बा लाई आउन दे…. मुन्टो हल्लाउँदै बुवानै कुर्नु थियो भने अ‍ैले देखी सुनाएर या मान्छेलाई खुलदुली किन पार्नुपर्यो रिसाउँदै माथी कोठामा गएँ…. तर ममिको अनुहारमा बेग्लै उमंग देखेकी थिएँ मैले खै के कुरा हो तेस्तो…. त्यस्तै आधाघन्टा पछि ममीले तल बोलाउनु भो…. बुवा आऊनु भो होला ढिला नगरी तल गएँ ….

आईज बस….ममिको छेउमा लुसुक्क टाँसिएर…. अमेरिकामा सेटल भाको केटा रे नर्सिंग पढेकी केटी खोजेका रैछन काकाले तेरो फोटो पठाको रैछ केटाले मन पराए रे अब एता हामीसंग कुरा बुझ्न खोज्या रैछन…. अब तेरोनी ऊमेर भाकैहो केटो नी हट्टा कट्टा खाईलाग्दो चटक्क परेको तँसँग जोडी मिल्ने छ मलाई त मन परो ….भबिस्य नि राम्रो हुन्छ सबै थोक भाको ऊता अब त के भन्छेस लु यो फोटो हेर …. कस्तो लाग्छ अनी राम्रो लागे त्या फोटो पछाडी उस्को फ़ेसबुक आईडी लेख्या छन कुरा गर रे….फोटो लम्काउदै भन्नुभो बुवाले…. कि तेरो कोही छ रु छ भने भन…. छैन छैन यस्तो राम्रो मौका गुमाऊनु हुन्न भबिष्य हेर्नु पर्छ ममिले थप्नुभो…. लाजले भुतुक्क भाकी म फोटो समातेर कोठतिर दगुरें…. फोटो फर्काएर हेरे गोरो चौडा अनुहार जिम गरेर बनाएको होला आकर्षक जिऊडाल देख्ने बितिकै आकर्षक जो कोही नी लोभिने थियो फोटो हेर्दा…. फोटो पछाडी लेखिएको नाम थियो समिर कार्की…. फ़ेसबुक खोलेर नाम टाईप गरे…. तेही फोटो प्रोफ़ाइलमा राखीएको थियो…., अरू फोटाहरु सररररर हेरे बिभिन्न ठाउँहरुमा बसेका फोटाहरु निकै लोभलाग्दा देखिन्थे ।

सोचे…. यत्ति राम्रो मान्छेको गर्लफ़्रेंड छैन होला त जबर्जस्ती बिहे गरिदिन पो लागेका हुनकी परिवारले…. धत् होईन होला …. अमेरिकामा बस्ने मान्छेलाई कस्ले जबर्जस्ती गर्छ होला र….के मेरो भबिस्य यिनैसँग बित्ने हो त ।। मनमनै अमेरिका पनि पुगें, आफ्नो आउने दिन अनि उतैको हस्पिटलमा काम गर्नै पनि कल्पना गर्न भ्याएँ….

फ्रेन्ड रिक्वेस्ट पठाउँकी नपठाउँ…. दोधारमा परे कति हतार भाको पो भन्ने पो हो की…. तीन चार दिनसम्म सोचे रचनालाई भने ऊ त एकदमै खुसी थी सँगै होईन्छ पछि जसरी भएपनि त्यै केटासंग बिहे गर भन्न थाली यता घरमा पनि बुवा ममि राम्रो मान्छे ऊम्किन दिनुहुन्न भन्दै कर गरीराख्नु भएको थियो….म भने दोधारमा थिएँ …. एकहप्ता पछाड़ी तिर फ्रेन्ड रिक्वेस्ट पठाएँ…. १५ मिनेट पनि नबित्दै मेसेज आयो थ्यान्कु फर योर रिक्वेस्ट बुवाले तिम्रो फोटो पठाउनु भएको थियो देख्ने बितिकै मन पर्यो मलाई त…. तिम्लाई म कस्तो लाग्यो ? स्माईली ईमोजी थियो अन्त्यमा….के लेखौ लेख्खौ भयों…. मलाई पनि हजुर मनपर्यो तेती लेखे….

यसरी सुरुवात भयो हाम्रो कुराकानी दिनमा चार पॉच पटक कुरा हुन थाल्यो….बानी नै पर्न थालेछ कुरा नहुदा पनि कतिखेर फोन या मेसेज आउँछ भनेर कुर्न लाग्थे …. अब त घरमा पनि थाहा नै भईसकेको थियो मैलेनी मन पराउछु भने…. दशैमा नेपालमा आउने त्यसपछि हाम्रो बिहे गर्ने कुरा थियो…. म पनि दंगनै थिएँ अब अमेरीका जान पाउने भाग्य त दरै लिएर आएकी रैछु।

अग्लो सरलक्क परेको ज्यान सेतो सर्ट निलो जिन्स रेवन चस्मा लगाएको आहा कति हेन्डसम मेरो समिर मेरो त गुसबमनै आएछ हेर्दा हेर्दै .

कैले भिडियो कल कैले अडियो कल त कैले म्यासेजमा कुरा भैरहन थाल्यो आफ्ना सपनाहरू समिरसंग बुनिरहन्थ्ये ऊ पनि हँमा हँ मिलाऊथ्यो…. कुरै कुरामा मलाई आफ्नो फोटोहरु पठाउन भन्थ्यो ऊ म पनि निर्धक्कसंग पठाऊथ्ये आखिर उहीसँग जीवन बिताउने भएपछि किन धक मान्नु कैले कैले ऊ अलिक बढी डिमान्ड गर्थ्यो कैले कपाल खोल न कस्तो मन पर्छ तिम्रो कपाल मलाई भन्थ्यो कैले के गर्न लाऊथ्यो, नमान्दा खेरी म तिम्रो हुनेवाला श्रीमान पो हुँ त किन डराऊनु रुरु केही हुन्न भन्थ्यो एकछिन त म मान्दिनथ्ये फेरी ऊ रिसाएर कल काट्थ्यो अनि कल गरेर देखाउँथें । यति छोटो समयमै यति धेरै नजिक हुन्छु भन्ने सोचेकी पनि थिईनँ…. खै ठीक गर्दै छु की बेठीक तरपनि कुनै अपसोच थिएन मलाई आखिर ऊसैकी त हुँदैथिएँ ।

दशै एकदमै नजिकीदै थियो….अस्ती एक दुई दिन नभेट्दा बर्षौं नभेटे झै लाग्ने मेरी प्रिय साथी रचनासंग आजकाल ऊ आई भने समिरसंग बोल्ने समय घट्छ जस्तो लाग्न थालेको थियो । कसैलाई भेट्न मन लाग्न छोडेको धेरै भएछ….तर जे होस म खुसी थिएँ मेरा बुवा ममि खुसी हुनुहुन्थ्यो उहाँहरुले रोजेको केटो… फेरी चानचुने कहाँ हो र अमेरिकामा सेटल भएको…. सबै दंग थियौ…. दशैंभन्दा एक हप्ता अगाडी आऊने भयो मेरो समिर ।

कैले आऊछ त्यो दिन कौतुहल बढेको बढ्यै थियो….नभन्दै आयो त्यो दिन मेरो घरमा आउने भयो ऊ आफ्नो आमा बालाई लिएर …. त्यो दिन त चार पाँच पटक त लुगा लाऊदै फुकाल्दै फेरी अर्को लाऊदै गरें ।। सबैको फोटो खिचेर समिरलाई पठाएँ कुनले बढी सुहायो भन्दै….ऊसैले मन पराएको कुर्था लगाएँ….ममि पनि थरिथरिका खाना बनाउन व्यस्त हुनुहुन्थ्यो । दश बजेतिर आए उनीहरु म झ्यालबाटै हेरीरहे….
अग्लो सरलक्क परेको ज्यान सेतो सर्ट निलो जिन्स रेवन चस्मा लगाएको आहा कति हेन्डसम मेरो समिर मेरो त गुसबमनै आएछ हेर्दा हेर्दै …. मनमा हर्ष अनि लाजले अनुहारनै रातो पिरो भएछ त्यसै त गोरी मान्छे त्या माथी लाजले भरिएका राता पिरा गाला आफैले आफ्नो शरीरको राप अनुभव गरीरहेकी थिए….ममिले तल बोलाऊनु भयो…. लजाऊदै गएँ।। नमस्कार गरे सबैलाई अनि ममिको छेऊमै टासिएँ कसैको अनुहार हेर्ने ऑट गर्न सकिन….सायद सबैले कुरा बुझेर होला हामीलाई बजार तिर धुमेर आऊनु एकछिन भनेर बुवाले आफ्नो बाईकको चाबी समिरलाई दिदै भन्नु भयो….

उसले सौराहा जाउँ है भन्यो मुन्टो हल्लाएँ….बाटोभरी ऊसले मेरो रुपको बयान गरीरह्यो…. म पनि धेरै खुलीसकेकी थिएँ अघिको लाज बिस्तारै हट्दै थियो…. ऊस्लाई मःमः एकदमै मन पर्नै रैछ…. मःमः खादै गफ गर्यौ अमेरीकाबाटै ऊस्ले गेसको घडी ल्याईदेको रैछ लगाईदियो वाऊ कस्तो राम्रो देखेको तिम्रो गोरो हातमा….मैले पनि पर्स किनेकी थिए त्यसमा ऊसको र मेरो फोटो प्रीन्ट गरेर राखेकी थिए ब्यागबाट निकालेर दिएँ….करीब एक दुई घन्टा पछि घर फर्कियौ घर पुग्दा हाम्रो बिहेको छिनोफानो भै सकेछ दशैंकै टिकाको दिन गरे साईत जुराउनु पर्दैन रे …. करिब दुई हप्तामै हुनेभो बिहे….खुसीको सिमा थिएन….

बिहेको एक महिना पछि समिर अब मेरो श्रीमान अमेरिका फर्किनु भयो…. मलाई चाडै लैजाने बॉचाका साथ….यता मेरो कलेज पनि सकेको थियो…. जागीर खाने सोचमा थिए तर सासु ससुराले अब गैहाल्ने भएपछि पर्दैन जागीर खानु भनेपछि घरमै थिएँ।।। कैले माईत कैले घर।। छ महिना पछि मेरो भिसा आयो अमेरीका जाने सपना अनि ठूलो हस्पिटलमा काम गर्ने सपना पुरा हुनेभो…. टिकट ऊतैबाट काटीदिनु भयो…. मे महिनाको १५ तारीखको मेरो टिकट थियो…. मनमा कौतुहलताले डेरा बसाईसकेको थियो मनमा…. कैले पुगौला भनेर…. हजार सपनाहरुलाई मनको तराजुमा जोखीरहेकी थिएँ…. यस्तो गर्छु ऊस्तो गर्छु भन्दै…. पुगीयो अमेरीका…., एयरपोर्टमा लिन आऊनु भएका श्रीमानलाई अंगालो हाले…. तस्बिरमा देखेका ती लोभ्याऊने ठाउँहरु आज आफ्नै आँखाले देख्न पाउदा आफैंलाई एकदमै भाग्यमानी ठानें….

उहाँले आफ्नी भूतपूर्व प्रेमीका भनेर एउटी अमेरीकन केटीसंग परिचय गराऊनु भयो मैले सामान्य रुपमा नै लिएँ…. बितेको कुरासंग मैले खासै मतलब लिईन…

दिदी भिनाजुसंग बस्निहुदो रैछ….
यसरी सुरु भयो ज़िन्दगी अमेरीकामा…. सुरूका दिनहरुमा नयाँ नयाँ ठाऊमा घुम्नेक्रम बढीरह्यो ऊहाँका साथीभाई।। चिनजान पनि गरियो…. उहाँले आफ्नी भूतपूर्व प्रेमीका भनेर एउटी अमेरीकन केटीसंग परिचय गराऊनु भयो मैले सामान्य रुपमा नै लिएँ…. बितेको कुरासंग मैले खासै मतलब लिईन…. कुनै प्रश्न पनि गरिन…. समय बितिरह्यो मैले हस्पिटलमा काम सुरू गरीसकेकी थिएँ….तर समय चक्रसंगै समिरको बानी थाहा पाऊन थाले….ढिला घर आऊने नशामा चुर भएर…. जबर्जस्ती शारीरिक सम्पर्क गर्न खोज्ने, नमाने हात चलाउने गर्न थाल्नुभयो । सुरू सुरुमा कसैलाई भनिनँ दिदीलाई पनि भनिनँ…. बिहान उठे पछि सरि गल्ती भयो भनेर माया गरेजस्तो गर्ने मेरो मन पनि पग्ली हाल्थ्यो ….तर पनि उहाँले गर्ने ब्यबहार छुटीदै जान थाल्यो बिदाको बेला नी फोनमै ब्यस्त हुने…. एकपल्ट पनि ध्यान दिनुहुन्नथ्यो छेऊमा बसेकी आफ्नी श्रीमती जो एक पल श्रीमानसँग बिताऊने सपना बोकेर हेरीरहेकी हुन्थ्यी …. पकाएर राखेको खाना पनि जस्ताको तेस्तै हुन्थ्यो…. घरको खाना त खानै छोडी सक्नुभएको थियो…. बेलुका भएपछि काम छ भनेर जाने अबेर घर आऊने अनि तिनै कुरा दोहोर्याऊने गर्न थालेपछि …. दिदीलाई भने उहाँले धेरै सुध्रीएको यो त धैर्य गर सब ठिक हुन्छ म सम्झाऊछु भन्नु भयो…. एक्लै बसेर ममिबुवालाई सम्झेर कति आँशु बगेहोला सम्झेर साध्ये छैन…. रिसाएर खाना नखादा कोठामै लिएर आऊनु हुन्थ्यो मेरी आमा …. आफुलाई भाग्यशाली मान्ने म समिरसँग बिहा हुने कुराले….अ‍ैले तिनै शब्दहरु श्राप पाएजस्तो लाग्छ …. छोरी भए यसबाट नाम राख्ने छोरा भए तिम्रो नामबाट राख्ने भन्थ्यो बिहे हुनु अघि…. खै काहा गए अस्ती गरेका बॉचाहरू…. के सोचेर आएकी थिएँ म तर ज़िन्दगीले काहाँ पुर्यायो…. हरेक मंगलबार ब्रत लिन्थ्ये भगवानसँग बस समिर माग्थ्ये ….

कस्ले सोच्न सक्छ र हेर्दा तेती राम्रो मान्छेको ब्यवहार तेस्तो कुरूप हुन्छ भनेर…. बुवा ममिलाई केही भन्न सकिरहेकी थिईनँ

काममा पनि धेरै मन लाग्दैनथ्यो बिदाको दिन कोठामै रोएर बस्थे….मायाको भिख माग्दा पनि पाऊन छोडेकी थिए….मलाई हेर्दा पनि घृणाले हेरेको जस्तो लाग्थ्यो…. एकदिन घरै नजिक बस्ने दिदीले आफ्नो घर बोलाऊनु भएको थियो दिदीलाई सोधेर गए ….धेरै कुरा भन्नुभयो दिदीले….धेरै बिग्रीएपछि घरपरिवारले बिहे गरे पछि समिर सुध्रेला भनेर गरिदिएका रैछन । रुदा रुदै ऑसुनै सकिसकेका थिए मेरा….कस्ले सोच्न सक्छ र हेर्दा तेती राम्रो मान्छेको ब्यवहार तेस्तो कुरूप हुन्छ भनेर…. बुवा ममिलाई केही भन्न सकिरहेकी थिईनँ ।….के भन्नु कसरी भन्नु कि समिरले यस्तो गर्छ भनेर….कैले कैले नसाको सुरमा यति कुट्नु हुन्थ्यो शरीरमा देखिएका खोटहरु महिनौसम्म रहन्थे….

एकदिन तेस्तै बिदाको दिन थियो….बिहानै काम छ भनेर निस्कीनुभयो पछाडी बसेर हेरीरहेकी थिए….भुतपुर्ब भनि चिनाएकी केटी लिन आएकी थी….दिदीलाई सुनाएँ …., सुनाए पनि हुने केही थिएन दिदीको कुरा के सुन्ने भएपो….बस् सान्तवना पाऊथ्थे दिदीबाट…. दिनरात त्यै केटीसंग उहाँको समय बित्थ्यो । कहिले त हप्ता दिनसम्म उतै बास । न फोन न मेसेज केही हुदैनथ्यो…. परिवारमा पनि सबैले हार मानेपछि मसंग बिहे गरिएको रैछ…. तर मान्छेले मन देखीनै आफुलाई सुधार्छु भनेर आफै कोसीस नगर्ने लाई अरुले भनेको के सुन्नु…. यसरी केही गरे पनि सूध्रीन नसकेका मेरा श्रीमानसंग बस्न एकदमै कठिन हुदैगयो…. अब त समाजका लागी मात्रै हामी श्रीमान श्रीमती थियौ…. तीन वर्ष यसरी नै बित्यो । ममी बुबालाई पनि भन्न बाध्य भएँ….

तीन बर्षपछि त्यो पिंजडाबाट निस्कने दुस्साहस गरें मैले ।