हेर्नुहोस् चोरको अनुहार, लागूऔषध प्रयोगकर्ता यी चारजनाले चोर्थे टोली बनाई


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????ईलाका प्रहरी कार्यालय सुनवलको टोलीले चोरीको घटनामा संलग्न चार युवाहरूलाई सुनवलबाट पक्राउ गरेको छ । सुनवल–४ स्थित सुनवल फ्रेसहाउसमा चोरी गर्ने उनीहरूलाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरी पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुनवल–६ विसासय बस्ने वर्ष १८ का शशी क्षेत्री, वर्ष २० का सविन भन्ने युवराज गुरुङ, वर्ष १९ का अमृत गुरुङ र वर्ष १८ का सुसान मगर रहेको सुनवल प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश दाहालले बताउनुभयो । प्रहरीले सो क्रममा युवाले चोरी गरेको रु ३८ हजार ८१५ नगद र साथै उनीहरूको साथबाट बरामद गरेको लागूऔषध, घरेलु चाकु, पञ्चिङसमेत सार्वजनिक गरेको थियो । युवाहरू लागुऔषध प्रयोगकर्तासमेत भएको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]