नेपाली तेक्वान्दो टोली भारत प्रस्थान, चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा भाग लिने


martialभारतको देहरादुनमा हुने चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा भाग लिन २५ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल तेक्वान्दो सङ्घले आज यहाँ आयोजना गरेको बिदाइ कार्यक्रममा आयोजक सङ्घका महासचिव दिपराज गुरुङले टोलीलाई सफलताको शुभकामना दिनुभयो । प्रतियोगितामा सिनियरतर्फको पुरुषमा आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने जुनियर पुरुषमा ६ तथा महिलामा पाँच खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष सिनियरतर्फ चन्द्र रानामगर, पूर्णबहादुर तामाङ, हीरामन चौधरी, भीमबहादुर खड्का, कल्याण कुँवर, विष्णुबहादुर घर्ती, लक्ष्मण महर्जन र मोतीलाल लामा छन् । त्यस्तै, पुरुष जुनियरमा विजय थापामगर, विजय रुम्बा, मिलन घले, नवराज बस्नेत, रोशन मिया र निरज देउवा छन् । महिलातर्फ रन्जु तामाङ एन्जिला योन्जन, सुस्मिता थापामगर, मुना घले र बन्दना तामाङ छन् । सिनियरतर्फका मुख्य प्रशिक्षक कविराज खड्गी, सहायक प्रशिक्षक टोनी कर्मचार्य, जुनियर प्रशिक्षक विजय शाह हुनुहुन्छ भने टिम म्यानेजर लालबहादुर बराम्बु, रेफ्री ईश्वरमान बज्राचार्य, र रवीन्द्र मल्ल हुनुहुन्छ । यही पुस ४ देखि ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित आयोजक भारत, अफगानिस्तान, श्रीलङ्का माल्दिभ्स, पाकिस्तान, भुटान र मलेसियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]