एमाले केन्द्रीय कमिटी बैठक सकियो, सहमतिको प्रयास गर्ने नभए प्रक्रियाबाटै माघ ८ मा संविधान दिने अध्यक्ष ओलीको भनाई


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए नियमअनुसार प्रक्रियाबाटै माघ ८ भित्र संविधान जारी गर्ने बताउनुभएको छ । एमाले पार्टी कार्यालय बल्खुमा केन्द्रीय कमिटीको समापनका अवसरमा बैठकले गरेका निर्णय सार्वजनिक आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्धारित मितिमै लोकतान्त्रिक संविधान सहमतिमै जारी गर्न अन्तिमसम्म प्रयास गर्ने त्यो पनि नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने उल्लेख गर्नु भयो । अध्यक्ष ओलीले भन्नुभयो, “तोकिएको मितिमै संविधान जारी गर्न सहमतिको प्रयास गरिन्छ, त्यो सम्भव नभए आवश्यक सङ्ख्याले संविधान जारी गर्ने व्यवस्था छ, त्यही अनुरुप गर्नुपर्छ ।” कसैले पनि अनुचित अडान, मनसाय र दृष्टिकोण राख्न नहुनेमा जोड दिँदै उहाँले देशलाई हिंसा र अनिर्णयको बन्दी बनाउन नहुने विचार व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान निर्धारित मितिमै संविधान जारी गर्ने भएकाले यसबीचमा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने विषयमा पार्टीको ध्यान नगएको बताउनुभयो । उहाँले देशले स्थायी शान्ति र स्थायीत्व खोजिरहेको उल्लेख गर्दै सहमति र सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको विचार राख्नुभयो । वरिष्ठ नेता झलनाथ खनालले संविधान बन्न नदिनका लागि उग्रवामपन्थी र दक्षिणपन्थी तत्वहरू क्रियाशील भइरहेको आरोप लगाउँदै कुनै पनि हातलमा माघ ८ मा संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दशवर्षे जनआन्दोलनका हिंसा, ठूल्ठूला मुलुकलाई दीर्घकालीन रुपमा असर पार्ने खालका क्षतिले पनि नपुगेर फेरि हिंसामै जान्छु भन्ने खालका अडान छोडेर एकता, सहमति र सहकार्यका साथ मुुलुकको विकासमा सबै दल लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता माधवकुमार नेपालले मन, वचन र कर्मले पार्टीलाई एकतावद्ध गरेर लैजान सकेमा राष्ट्रिय राजनीतिमा समेत पार्टीको बलियो उपस्थिति हुने बताउनुभयो । गत मङ्सिर २२ गतेदेखि सुरु भएका केन्द्रीय कमिटीको बैठकले २१ सदस्यीय स्थायी कमिटी र ६१ सदस्यीय पोलिटब्युरोको गठन सर्वसम्मत गरेको थियो ।
पार्टीको आवधिक कार्ययोजना
एमालेले पार्टीको आवधिक कार्ययोजनाभित्र स्थानीय निकायको निर्वाचन, वाम–लोकतान्त्रिक शक्तिसँग सहकार्य तथा विदेशसम्बन्ध विस्तारलगायत १३ विषय समेटेर कार्ययोजना तय गरेको छ । कार्ययोजनाभित्र २०७२ चैतभित्र पार्टीले गर्नुपर्ने केन्द्रीय कार्यालय व्यवस्थापन, सङ्गठनात्मक सुदृढीकरण, पार्टी प्रशिक्षण, प्रचार तथा प्रकाशन, संविधान निर्माण, सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिको कार्ययोजना, जनसरोकारका विषय तथा सामाजिक विकृतिविरुद्ध जनपरिचालन रहेको छ । त्यसैगरी, पुस्तकालय तथा अभिलेख व्यवस्थापन, कार्यकर्ता संरक्षण कोष, अध्ययन अनुसन्धान केन्द्र स्थापनालगायत छन् । केन्द्रीय कमिटी बैठकले कुल केन्द्रीय सदस्यहरूको ६० प्रतिशत भूगोलमा तथा २०÷२० प्रतिशत विभाग र मोर्चा सङ्गठनमा विन्यास गर्ने गरी कार्यविभाजनको नीतिगत आधार तयार गरेको सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटीले पनि १० दिनभित्र कार्ययोजना पारित गर्नेछ र केन्द्रीय सदस्यको कार्यविभाजन गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]