भन्सार कार्यालयले छाप लगाएर ताला लगाएको कन्टेनरमा भेटियो २७ किलो सुन, स्याउको बाकसमा सुन


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????महानगरीय प्रहरी वृत्त जगातीले खासाबाट काठमाडौँतर्फ जाँदै गरेको एक कन्टेनरलाई २३ किलो अवैध सुनसहित पक्राउ गरेको छ । सुराकीका आधारमा सोमबार राति ११ बजे खासाबाट काठमाडौँ जाँदै गरेको ना२ख ५०५८ नंको कन्टेनरमा लुकाई ल्याएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा कन्टेनरमा स्याउको बाकसमा लुकाएर ल्याइएको २३ वटा सुनका बिस्केट बरामद गरेको हो । एक किलो तौल रहेको २३ थान बिस्केट बरामद गरेर प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । प्रहरीले कन्टेनर चालक सिन्धुपाल्चोक तातोपानी बस्ने ३० वर्षीय बुद्धिबहादुर श्रेष्ठ र सहचालक २५ वर्षीय राजबहादुर कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त जगातीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक किरण राणाले भने कन्टेनर नियन्त्रणमा लिएर छानबिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, सुन छ कि के छ हेर्नै बाँकी छ, हो रहेछ भने जानकारी दिउँला ।” कन्टेनर चालक र कन्टेनरमा के के छन् भन्नेबारे अनुसन्धान भइरहेकाले भन्न नमिल्ने बताउनुभयो । प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक विकास श्रेष्ठले स्याउको बाकसमा कालो झोलामा ल्याइएको पहेँलो वस्तु फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहेँलो वस्तु सबै सुन नहुन सक्छ, बाहिर पहेँलो भए पनि भित्र कालो हुनसक्छ, अनुसन्धान भइरहेको छ, अनुसन्धानबाट यथार्थ आएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराउँला ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]