अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो ।

अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइरहेका बेला प्रमुख आयुक्त समेत संक्रमित भएका छन् । स्रोतका अनुसार अन्य एक आयुक्त समेत संक्रमित भएका छन् । उनी घरमै आइसोलेसनमा बसिरहेका छन् । यसअघि अख्तियारका अन्य केही कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । कर्मचारीमा पोजेटिभ रिपोर्ट आएपछि कन्ट्याक ट्रेसिङ गर्दा घिमिरेलाई पनि संक्रमण देखिएको हो ।