कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर !

कोरानो भाइरस (कोभिड–१९) बाट संक्रमित भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए । हाल उनी ८४ वर्षका भए । केहीदिन अगाडि मात्र भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना पुष्टि भएको थियो ।