भारतीय विदेश मन्त्रालयले भन्यो- बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन !

भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ । विदेश मन्त्रालयले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’ त्यसको तीव्र विरोध भएपछि मन्त्रीको गल्ती मन्त्रालयले सच्याएको हो।

ुनेपालमा पर्ने लुम्बिनीमा गौतम बुद्ध जन्मिएकोमा कुनै शंका छैन, मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध पनि एक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । भारतीय विदेशमन्त्रीको बुद्धबारेको पछिल्लो अभिव्यक्तिका विषयमा नेपालमा तीव्र विरोध भइरहेको छ ।