त्रिविको इन्जिनियर संकायको परीक्षा स्थगित !

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इन्जिनियर अध्ययन संस्थान अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएका छन् । संस्थान अन्तर्गतको डिनको कार्यालयले आज (आइतबार) सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण भदौ तेस्रो साताबाट सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको छ।

संस्थानको परीक्षा नियन्त्रण महाशाखाले यही साउन १५ गते सूचना प्रकाशित गरी स्नातक र स्नातकोत्तर तहका परीक्षा क्रमशः भदौ अन्तिम तथा तेस्रो साता सञ्चालन हुने जनाएको छ । “हाल कोभिड १९ महामारी कायमै रहेकाले इन्जिनियर अध्ययन संस्थान अन्तर्गतका स्थगित परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले उक्त परीक्षाहरु हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।