कोरोनाको कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो !

पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका– १९ बस्ने ६२ वर्षीय एक पुरुषको साउन २४ गते राति बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा निधन भएको छ । उनी मधुमेह रोगी थिए । उनलाई साउन १७ गते कोभिड पृष्टि भई सोही दिन आइसियुमा भर्ना गरिएको थियो ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीया एक महिलाको पनि साउन २४ गते बिहान १ः३० बजे निधन भएको छ । हाइपो–थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पु¥याइएपछि मृत घोषित गरिएको थियो । मृत्यु पश्चात उनको स्वाबको नमुना परीक्षण गर्दा आज कोरोना पुष्टि भएको थियो ।