अष्ट्रेलियाको राष्ट्रिय झण्डा आधा झुकाइयो, श्रद्धाञ्जली व्यक्त गर्न हजारौं पुगे मार्टिन प्लेस (घटना विवरणसहित)


मार्टिन प्लेसको लिन्ड क्याफेमा गरिएको कारवाहीमा बन्धक बनाउने आतंककारी मारिएका छन् । राति करिब २ बजेपछि गोली चल्नेबित्तिकै एनएसडब्लु प्रहरीले हस्तक्षेप गरेको थियो । यसक्रममा एक प्रहरी पनि सामान्य घाइते भएका छन् भने तीन जना गर्भवती महिलासहित मुक्त गरिएका बन्धकहरुको उपचार चलिरहेको छ । शारीरिक रुपमा घाइते नभए पनि उनीहरुको मानसिक अवस्थाको अवलोकन भइरहेको जनाइएको छ ।mike1

मन हरोन मोनीस नामक व्यक्ति जो सन् १९९७ मा शरणार्थीको रुपमा ईरानबाट सिड्नी आएका थिए उनैले यो सबै घटना गराएको र उनी प्रहरी कारवाहीमा मारिएका छन् । यसअघि पनि निजले विभिन्न समयमा आपराधिक घटना गराएको भएपनि उनी धरौटीमा रिहा भएका  थिए । मुख्यतः आफ्नै पूर्वश्रीमतीको हत्या गरेको आरोप उनीमाथि थियो र यससँगै अफगानिस्तान, ईराकमा खटिएका मृतक सैनिकको परिरवारलाई धम्कीपूर्ण पत्र लेखेको आरोपमा उनीमाथि कारवाही भएको थियो ।
यससँगै क्याफेका म्यानेजर ३४ वर्षीय टोरी जोन्सन र ३८ वाषर््ीय कैट्रिना डासनको पनि मृत्यु भएको छ । श्रोतहरुले मेनेजर टोरी जन्सनले बन्धक बनाउने अपराधीको ध्यान अन्यत्र गएको बखत बन्दुक खोस्ने प्रयास गरेका थिए । यसैक्रममा निज व्यक्तिले गोली चलाएको थियो । यसपछि भागाभाग भयो र ठीक यही बेला प्रहरी पनि भित्र गयो र निजमाथि कारवाही गर्यो । अहिले तीन जना गोली लागेर घाइते भएका महिलाहरुको उपचार भइरहेको छ र उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ । घाइतेमध्ये एक महिला ७५ वर्षीय भएको, अर्कीको उमेर ५२ वर्ष रहेको र अर्को महिला ४३ वर्षीय भएको जानकारी सार्वजनिक भएको छ ।
समवेदना
killed1यस नाटकीय प्रकरणमा आफ्नो ज्यान गुमाएका दुईजनाको सम्झनामा मार्टिन प्लेसको लिन्ड क्याफे बाहिर पुष्पगुच्छा चढाई समवेदना व्यक्त गर्नेहरुको भीड लागेको छ । यसअघि विहानै न्यू साउथ वेल्सका प्रिमियर माईक बैर्डले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । प्रहरीले यस घटनाका बारेमा गहन अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा उपस्थित भएका मुश्लिम प्रतिनिधिहरुले केही व्यक्तिहरुको सनकका कारण यस्ता घटना भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनीहरुले गलत नियतका साथ हुने यी घटनाले मुश्लिम समूदायको प्रतिनिधित्व नगर्ने पनि भनेका छन् । यसैबीच, प्रधानमन्त्री टोनी एबोटले हाम्रो प्रार्थना घटनामा मृत्यु भएकाहरुको परिवारका साथमा छ। हामी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं र उनीहरुको परिवारलाई पनि धैर्यधारण गर्ने शक्तिको कामना गर्दछौं भन्नुभएको छ। घटनामा मृत्यु भएकाहरुको सम्झनामा अष्ट्रेलियाको राजधानीस्थित संसदको झण्डा आधा झुकाइएको छ । १७ जनालाई बन्धक बनाइएको थियो। जसमध्ये पाँच जना पहिला नै छोडिएको थियो। उनीहरुलाई बन्धक बनाउने व्यक्तिले नै प्रहरीसँग सूचना पुर्याउनका निम्ति छोडेको थियो अथवा उनीहरु भागेका थिए भन्ने विषयमा अहिले खुलेको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]