संस्कृति र संस्कार विरुद्ध गीत गाउनेलाई कालो सूचीमा राखिने !

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पर्व गीतका नाममा संस्कृति र संस्कार विरुद्ध गीत गाउनेलाई कालो सूचिमा राख्ने निर्णय गरेको छ । प्रतिष्ठानले कालो सूचिमा राखेका कलाकारलाई प्रतिष्ठानका कुनै पनि कार्यक्रममा सहभागि हुन नदिने तथा प्रतिष्ठानबाट प्रदान हुने कुनै पनि सुविदा प्रदान नगरिने पनि प्रतिष्ठानले निर्णय गरेको छ ।

एक विज्ञप्ति जारी गदै प्रतिष्ठानले गीतमार्फत कला, संस्कृति तथा संस्कारमाथि ख्याल नगरी अभद्रता प्रदर्शन गर्ने कलाकारको पहिचानका लागि प्रतिष्ठानले विकृति विसंगती न्यूनीकरण कार्यदल गठन गरेको छ । उक्त १३ सदस्यीय कार्यदल प्रतिष्ठानका उप महासचिव शिव हमालको संयोजकत्वमा गठन गरिएको हो ।

कार्यदलले कलाकारको काम, कर्तब्य र अधिकारबाहिर गएर कला, साहित्य, संस्कृति र संस्कारलाई भुलेर अभद्र गीतसंगीत गाउनेको पहिचान गर्दै कालो सूचिमा राख्न प्रतिष्ठान समक्ष सिफारिस गर्नेछ ।