इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि !

इलामको सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका १७ जनामा शनिबार कोरोना पुष्टि भएको छ । स्वास्थ कार्यालय इलामले विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिए । यस अघि १० जनाका पोजिटिभ रिपोर्ट आएको थियो ।

पछिल्लो पटक थपिएका १७ जनासँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा पोजिटिभ देखिएको छ । थप ४० जनाको स्वाब संकलनको तयारी भइरहेको सशस्त्र प्रहरी गणले जनाएको छ । पोजिटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङस्थित गोठगाउँ पठाउने तयारी गरिएको छ । अहिलेसम्ममा इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ।