सेती नदीमा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता !

सेती नदीमा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । डडेल्धुरा परशुरामका हरि जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक विनय सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

उनीहरु दुवै जना डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनले बताए । डडेल्धुराबाट शैलेश्वरी दर्शनका लागि उनीहरु डोटी पुगेर फर्किने क्रममा सेती नदीमा नुहाउन गएको उनको भनाइ छ । उनीहरु दुवै नुहाउने क्रममा बेपत्ता भएका र दुवै जनाको खोजी भइरहेको प्रहरी निरीक्षक बोहराले बताए । उनीहरू डडेल्धुरा अस्पतालमा कार्यरत थिए ।