जिते जापानी प्रधानमन्त्रीले, निर्वाचनमा दुई तिहाईभन्दा बढी बहुमत हासिल


sinzo abeजापानी प्रधानमन्त्री सिन्जो आबे आइतबार सजिलै विजयी हुनुभएको र उहाँको सत्ताधारी दलले संसदको तल्लो सभामा पन्छाउनै नसकिने बहुमत प्राप्त गरेको निर्वाचनपछिको अभिमत सर्वेक्षणमा देखिएको छ । निजी प्रसारक संस्था टीबीएसले उहाँको लिबरल डेमोक्र्याटिक पार्टीले २९४ स्थान प्राप्त गर्ने, उसको सानो साझेदार दल कोमेइतो ३४ स्थान प्राप्त गर्ने र दुई मिलेर ३२८ मत स्थान प्राप्त गर्ने अनुमान गरेको छ । अन्य प्रसारक संस्थाले पनि यस्तै प्रकारको अभिमत सर्वेक्षण प्रकाशन गरेका छन् । शक्तिशाली तल्लो सभामा दुई तिहाइको बहुमतले माथिल्लो सभालाई पन्छाउने अवस्था सिर्जना हुन्छ । माथिल्लो सभामा बलियो प्रतिपक्षी भए पनि तल्लो सभाले कुनै पनि विधेयक सजिलै पारित गर्नसक्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]