पर्सामा सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना पुष्टि !

पर्सा निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहिँत पर्सा जिल्लामा ६४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको शुक्रवार गरिएको परिक्षणबाट राती दश बजे सांसद सहिँत ६४ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सामन्य ज्वरो आएपछि कोरोना परिक्षण गराउँदा सांसद् यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यादवको स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकिय सचिव निखिल बरनवालले जानकारी दिएका छन् । सांसद यादव आहिले वीरगन्ज महानगरपालिका–१२ राधेमाईस्थित निज निवास मैं होम आइसोलेसनमा रहेका छन् । जनता समाजवादी पार्टीको नेता समेत हुन् ।

नारायणी अस्पतालले शुक्रवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पताल कै एक डाक्टरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भने , एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरू मध्ये तीन जना महिला र ६१ जना पुरुष रहेका छन् । संक्रमितहरू १५ देखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।