निर्धारित मितिमै संविधान जारी गर्न काँग्रेसी सभाषद्हरु सक्रिय हुने संसदीय दलको निर्णय


??????????????????????????????प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले निर्धारित समय माघ–८ भित्रै संविधान जारी गर्नका लागि ठोस पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले संविधानका मुख्य विवादित विषयमा दलीय सहमति जुटाउन लचकताकासाथ प्रस्तुत भई छलफल र परामर्शलाई तीब्रता दिने निर्णय गरेको हो । काँग्रेसले एमाले, राप्रपा, बहुजनशक्ति पार्टी र दुई स्वतन्त्र सभासद्सहित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा संयुक्त रूपमा पेस गरेको संविधानसम्बन्धी अवधारणाअनुरूप संविधानसभामा र सभाभित्र रहेका दलहरूसँग छलफल अघि बढाउने निर्णय पनि गरेको छ । “समितिमा पेस गरेको अवधारणालाई आधार मानेर सोमबारदेखि बस्ने बैठकमा सभासदहरूले छलफल चलाउने र संविधान सभा भित्रका अन्य दलहरूसँग नेताहरूले छलफललाई निरन्तरता दिने भन्ने निर्णय गरिएको छ,” काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भन्नुभयो । बैठकमा बोल्ने सभासद् एवम् केन्द्रीय सदस्यहरूले निर्धारित मितिमै संविधान जारी गर्न पार्टीको तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका विषयमा अन्य दलसँग भएका सकारात्मक छलफल र सहमतिबारे जानकारी गराउनुभएको प्रमुख सचेतक श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]