अष्ट्रेलिया आउनुअघिको हाम्रो बिहे !

अस्ट्रेलिया याएको यतिका बर्ष बितेछ, गएका दिनहरूमा गरेका संघर्षको त हिसाब किताब गरेरै सकिन्न, कहाँ कहाँ गएर के के गरियो गरियो आहारा जोडजाम गर्ने क्रममा । हुनत सबैका आ-आफ्नै काहानी पक्कै नि सुन्न लाएकका छन् । यति धेरै ठाउँ चाहारीयो तर साथीहरू भने औलामा गन्न पुग्ने मात्रै छन् मेरा, ऊसो त नभएका भने होईनन् तर सुखदुखमा परीवारलेझै हात दिने मित्रहरू भने पहिलेदेखी अहिलेसम्म एकैरूपमा उभिएका छन् । तिमध्येकी एक मेरी प्यारी साथी रन्जना ।

कामको ब्यस्तता सबैमा एउटै हो । आफ्नै घरमै बुढाबुढी भेट हुन गाह्रो पर्छ । अलि अगाडी फोनमा कुरा भएको थियो । भन्दैथिन नेपालबाट भर्खर पढ्ने भिसामा आएका भाईबैनी घरमा बस्न आकाछन्, रमाईला अनि एकदमै मिजासिला छन्, मलाई त आफ्नै भाईबैनी जस्ता प्यारा लाग्यो, सुन्दा मलाई नि रमाईलो लागेको थियो, एकदिन काममा जाँदा अलि चाडै घरबाट निस्के, बाटो उसकै घरहुँदै जानुपर्थ्यो, ऊस्को नि बिदा परेकोले पसेर जाने सोचमा ढोकाको घन्टी बज्ने बितिकै ढोका खूल्यो नयाँ मान्छेले ढोका खोल्दा पक्कै तिनै बैनी हुनुपर्छ भन्ने अडकल काटें ।

नमस्ते दिदी म भावना यही बस्ने हो भनेर स्वागत गरीन, हँसीली हिस्सी परेकी नदेखेको मान्छेसँग पनि कति मजाले अस्तिदेखी चिनेझै गरी बोलिन खुशी लाग्यो, रन्जनाले दुबैको परीचय गराई मसँग ।

भाईबैनी दुबै उस्तै रमाईला त्यसदिन धेरै गफ गर्न पाईन काममा जानुपरेकोले । त्यसपछि त बिस्तारै भेट भैरहन्थ्यो कहिले हाम्रो घर कैले रन्जनाकोमा । एकदमै फरासीला यता उता फर्याक फुरूक काम सघाउने आफ्नो अर्को नभनि, श्रीमानज्यू पनि तारीफ गर्दै हुनुहुन्थ्यो । भाई गफ गरेरै मान्छे मख्ख बनाईदिने भर्खरको ऊरन्ठेऊलो भएनी धेरै त राजनितीकै कूरा गर्ने, लाग्थ्योकी राजनीतिमा पिएचडी नै गरेका होलान् । बैनी पनि आफ्ना पतिका कुरा धीत मानि मानी सुन्थीन्, बेला बेला कुरै कुरामा अरूसँग चर्काचर्कीनै पर्ला जस्तो गर्ने गरी गफ गर्ने । आफूलाइ भने यो राजनीति, नेता शब्द सुन्दानै कान थुन्न मन लाग्ने कुनै नेताले राम्रो काम गर्दैनन् चुनाब अगाडी भुक्छन घोक्रो सूक्ने गरी जितेपछी सक्यो सबै बिर्सिन्छन् ,जूनै जोगी आएनी कानै चिरेका भने जस्तो…..त्यो दिन माहोल अलि फरक बन्दै गयो…..सबैजना रक्सीको चूस्की मार्दै थिए…..गफसंगै ।

आफू नपिउने भएकाले छेऊमा बसेर पानी हातमा लिएर रमिता हेरीरहेकी थिएँ हूनत् कोहीपनि धेरै पिऊने मान्छे त थिएनन् तर त्यसदिन ती भाईले अलि बढी पिउँदै थिए हल्का रन्की सकेका भएपनि पूरै होसमै थिए…..गफ कै बिचबाट फुत्त मून्टो घूमाएर म तिर फर्कैर खित्त हाँसे मैले नी हाँसेरै उत्तर फर्काईदिए…..फेरी ऊता फर्केर सिरिप्प पारेर फेरी मै तिर फर्केर बोले आज हजुरलाई मेरो  र मेरी बूढीको लब स्टोरी सुनाउछु…..राजनीतिका कूरा सून्दा सून्दा वाक्क भाकी म, हतार हतार लौ सूरू गरीहाल्नू न मलाई यस्ता कुरा सून्न एकदमै मन पर्छ…..मैं तिरै फर्के भाई …..बाँकी सबैलाई चूप गराए मैले र ऊनी तिर ध्यान दिन आग्रह गरे ।।।सबैले सहजै माने पनि । ल सूरू गर्नू …..म सोफामै पलेटी कसेर सून्न तयार भएँ …..खिस्स रून्चे हासो हाँस्दै भने ….. नरुनुहोला है सुन्दा ।

अलि मुन्टो झुकाई…..के काम थियो होला ड्याडी त घरमा हुनुहुन्न? …..सुरिलो आवाज़मा बोली….. ए बिहेको कार्ड दिनु थियो यी तपाईनी राख्नुहोस ड्याडी आएपछी दिनुहोला…..हुन्छ … कार्ड समातेर भित्र गई । आगनको पल्लाछेऊ निर पुगेपछि एकचोटी फर्केर हेर्न मन लाग्यो…..। हेरीराकी रैछ मोरी

…..सबैजाना गलललल् हास्दिनु भयो…..तर भाईको मुहार एक्कासी जुनेलीरातबाट औसीको रात झै परीवर्तन भएको देखे मैले…..हुन्छ रून्न पहिले कहानी सुरू त  गर्नु…..पुलुक्क बैनीलाई हेरे तिनको मुहारको रंग पनि फितलीएको थियो तर पनि केही नबोली बाहीरी हासो देखाएर कुर्सीमा बसेर कथा सुन्न लालाहित जस्ती देखिन्थिन, उनी भन्दै गए…..कुरो आजभन्दा ३ बर्ष अधिको हो…..राजनीतिमा म चुर्लुम्ब डिबेको मान्छे गाउँमा सक्रिय रूपमा आबद्ध भएको थिएँ । गाउँमा सबैले राम्रैसंग चिन्ने…..एकदिन ठूलोबुवाको छोराको बिहे पक्का भएछ । बिहेको कार्ड त्याँ पल्लो गाऊमा दिएर आईज भनेर ठुल्बाले पठाऊनु भयो…..मान्छे त चिनेको थिएन तर पनि गाउँमा त सोध्दै सोध्दै नी सजिलै पुगिने भएकोले धक नमानी गएँ

…..छिमेकीहरूकै आधारमा एऊटा घरमा पुगेर ढोका ढकढकाएँ ….. १/२ मिनेट पछि ढोका आधी जती खुले पछी आवाज आयो …..कस्लाई खोज्नुभएको ? यो पिताम्बरको घर हो ? पुरै ढोका खुल्यो…..हो के काम होला रु धपक्क बलेकी गोरी, लामो सिल्की कपाल, सर्लक्क जिऊ …..टिमिक्कै पारेर चुडिदार कुर्थामा एऊटी सुन्दरी देखापरी…..हेरेको हेरेई भएको देखेर होला….. अलि मुन्टो झुकाई…..के काम थियो होला ड्याडी त घरमा हुनुहुन्न ? …..सुरिलो आवाज़मा बोली….. ए बिहेको कार्ड दिनु थियो यी तपाईनी राख्नुहोस ड्याडी आएपछी दिनुहोला….. हुन्छ … कार्ड समातेर भित्र गई । आगनको पल्लाछेऊ निर पुगेपछि एकचोटी फर्केर हेर्न मन लाग्यो…..। हेरीराकी रैछ मोरी हतार हतार ढोका बन्द गरी …..

मुसुमुसु हासे एक्लै खै त्यो दिन मनमा अचम्मको उमंग भरिएको थियो….. घर पुगेपछि अन्त जानै मन लागेन…..एकछिन पल्टन्छु है आमा भन्दै कोठातिर लागे ….. खाटमा परलक्क पल्टेर आखा चिम्लीन मात्रै के खोजेथ्ये त्यै अघिकी परी आखाभरी आई…..

१ दिन २ दिन गर्दै २ हप्ता बित्यो तर त्यो मूहारले मेरो निदरीलाई ऊडाईसकेको थियो। फेरी भेटेर मनको बेचैनी पोख्न आतुर हुनथाले । तर कसरी कैले जुर्ने हो त्यो मौका थाहा थिएन् …..एक दिन बेलुकापख तिर ऊसको घरनिरको चोकमा बाईक रोकेर त्यसै बसेको थिए …..परबाट कोही आऊदैथियो …..बाईकको ऐनाबाटै हेरीरहेको थिए….. नजिकै आएपछि थाहा भो ऊ नै रैछे …..बोल्ने आट गरे….. सुन्नु न …..ठक्क ऊभिई …..ए तपाई पो हल्का हॉसी …..हजुर म …..अनी कुनै स्कुल पढाउनु हुन्छ र ? सारीमा चिट्क्कै हुनुभाछ त ? …..पछाडी डाडा तिर देखाउदै भनि…..ऊ त्यै हो…..हास्दै गई अरू केही नबोली…..अब बोल्न पनि के खाचॉले बोल्नु चिन्नु न जान्नु घचेडी माग्नु भनेझै ….. बस् म बाहाना खोजीरहे, कसरी नजिकीनु भनेर…..,अब अलिकति राजनीतिको दम लगाऊने सोच बनाएर, गाउँका वडाध्यक्षलाई भेट्न गएँ र आफुलाई त्यै स्कुलमा पढाऊने तिब्र ईच्छा भएको कुरा जानकारी गराएँ । कुनै नाईनास्ती बिना उहाँले प्रीन्सीपललाई गएर भेट्नु म भन्दिन्छु भन्नु भयो….. भुईमा खुट्टा भएनन् एकछिन त…..के चाईयो र अब…..भोलीनै गएर भेट्छु भनेर घरतिर लागे…..बस् भोलीको प्रतिक्षा गर्नु बाहेक अरू उपाय थिएन्….. त्यो रात त पूरै छटपटीमा नै बित्ने पक्का थियो।

बिहान चिया पान गरेर अलि चाडैनै लागे…..सरलाई भेटेर कुरा गरेपछि मेरो म्याथ पढाऊने शिक्षक को रूपमा जागिर पक्का भयो।कैले पढाएको छैन् कसरी पढाऊने भन्ने कुनै अनुभव बिना जागिर जोडियो…..जे होस एकदमै दंग थिए ऊ संग अब भेट त हुने भो…..ऊस्ले अरू कोहि संग बोलेको देख्दानी जलन हुन्थ्यो। बिस्तारै बिस्तारै कुरा हुन थाल्यो, जति बोले पनि अझै बोलौ बोलौ लाग्ने। म संगै मात्र बोलेनी हुने, यो मायामा परेपछि सायद यस्तै हुन्छ…..अरू सब चिज वास्ता नहुने…..यसरि दिन दिन गर्दा गर्दै ऊस्लाई मैले हल्का तरिकाले  स्कुल पढाऊने बाहानामा ऊसैकै लागि आएको कुरा बताए …..केहि बोल्दिनथि ऊ बस् मुस्कुराएरै टार्थी।।एक दिन स्कुल लगभग सकिसकेको थियो…..बच्चाहरू घरजान गेटमा लाईन लागेका थिए।पालेदाईले लु खानु एकदमै मिठो छ,भनेर दुई ओटा लिचि दिनुभयो, एऊटा खोलेर दातले टोके, पछाडि ऊ आऊदै गरेको देखे…..खानु मिठो छ ….. हात लम्काए …..हातको नलिएर मेरो दातको बिचको लिचि तानेर लगि अनि फनक्क फर्केर हेरेर जिब्रो निकालेर मुस्कुराई। अब मलाई ऊसको आई लब यु टु प्रतिक्षा गर्नै परेन …..१००% मन पराऊछे भन्ने थाहा भैगो…..

खुसी थी ऊ पनि मेरो त कुरै नगरौ कपासको भुवा जस्तो नरम र खुला उडेको जस्तो आभास भैरहेको थियो । दशै तिहार भर्खरै सकिएकोले सिघॉरिएका घरहरू अझै पनि ऊस्तै थिए…..तर गाउँभने चकमन्न सुनसान भएको थियो

घर फर्किदा बाटोभरि आफुलाई रोमान्टिक हिरो भन्दा कम को अनुभूति भएको थिएन…..घरमा पुगेर आमासंग कुरा गरे बालाई भन्न लगाएर माग्न पठाऊन कर गरे….. माया  प्रेमले मात्रै के हो के घरको जेठो बाठो छोरो बिहेनै गर्ने सोच बनिहाल्यो…..धेरै कर गरे पछि बा जानु हुने भयो…..स्कुल पुगेपछि ऊस्लाई सुनाए…..खुसि भएर भनि सॉच्चै हो मुस्कुराई…..अब त ऊस्को फोन माग्न हकै लाग्यो आफ्नो नि दिए…..बा, काका र म जाने भयौ….. ऊस्लाई हामी जाने दिन बताए, खुसी थी ऊ पनि मेरो त कुरै नगरौ कपासको भुवा जस्तो नरम र खुला उडेको जस्तो आभास भैरहेको थियो । दशै तिहार भर्खरै सकिएकोले सिघॉरिएका घरहरू अझै पनि ऊस्तै थिए…..तर गाउँभने चकमन्न सुनसान भएको थियो चाडबाड मनाएर गाउँबाट सबै फर्किसकेकाले…..बिहानको चिया खाएर काका म र बा लाग्यौ पल्लो गाऊतिर बा बाटाभरि मुरमुराऊदै हुनुहुन्थ्यो अहिले बे गर्न हतार यसलाई …..काकाले सम्झाऊनु भयो भगाएर ल्याएको हैन मागि बिहे गर्छु भन्दा ऊमेर पुगेको छोरो भोली भगाएर ल्याए आफैलाई भन्ने बाटो हुन्छ…..ठिकैछ नि त …..मलाई ऊहाहरूले के भन्नुहुन्छ सुन्नु थिएन आफ्नै दुनियामा रमाई रमाई हिडिरहे…..घर पुगियो एकछिनको चिनजान पछि काकाले नै कुरा अगाडी बढाऊनु भयो…..मेरो बारेमा थाहा पाईने बितिकै ऊनका बाले कुरा मोडीहाले….. उनीहरू बिदेशमा पिआर लिएको केटालाई मात्र छोरी दिने अरुतिर सम्बन्ध नजोड्ने कुरा गरेपछि हामी त्यो घरमा बस्नुको औचित्य नै भएन ।

बाटाभरि बाले गालिका बाणहरू हानिरहनु भयो…..मेरो मनमा भने अझै आस मरेको थिएन…..ऊ संग त्यो रातभरि जस्तो कुरा गरे…..ऊसले पनि मै संग बाहेक अरूसंग बिहे नगर्ने कसम फोनबाटै खाई …..मलाई स्कुल पढाऊन जानै मन लाग्न छोड्यो आखिर अब ऊस्का बाले नमाने पनि हामि एक अर्कासंग मन मुटु साटिसकेका थियौ।।एकमनले त भगाएर त्यै दिन ल्याईदिन्छु अनि बुढोले खोजुन पिआरवाला केटा भन्ने सोचे ऊ पनि राजि थि तर बाले मान्नु भएन…..त्यसपछि एकदिन गाबिस सचिबलाई भेट्न गए सबै कुरा बताए।।ऊनले आफै गएर कुरा गर्दिउला भनेर आश्वासन दिए…..गएपनि तर ऊनको नि केहि सिप लागेन…..,त्यो रात घर आएर यति रोएँ कि ज़िन्दगीमा एक थोपा आशु नझारेको म …..कोठानै घन्किने गरि रोए। चक्लेट खान नपाएर रोएको बच्चा रोएझै…..आमा घरि घरि ढोका ढकढक्याऊदै संम्झाई रहनु भएको थिए…..कहिले रक्सी नछोएको म त्यो रात बेसमारि पिए…..यसरि नै बित्दै जान थाले रातहरू रक्सिको साहारामा…..स्कुलको नोकरि छोडेर बैंकमा जागिर खान थाले अफिस सकेपछि पल्लो गाऊमा भएकि प्रेमिकालाई भेट्न जान्थ्ये…..नसामै हुन्थ्ये प्राय…..भेटेर रुन बाहेक अरु ऊपाय थिएन…..ऊ पनि संगै रुन्थि…..एक दिन सधैझै भेट्न गए…..त्यो दिन आईन ऊ, फोन पनि संम्पर्क हुनसकेन भन्छ…..ऊसको घर छेऊमै गएर घन्टौ हेरे तर ऊस्लाई देखिन …..औडा भएर आयो त्यै चोकमा बसेर बेस्मारि रक्सि पिए…..ऊस्को भाईलाई देखे …..दिदीको बारे सोधे तर केहि नबोलि घरतिर दौडियो…..हप्ता बित्यो महिनौ बित्यो न त ऊस्को फोन आयो न त कुनै खबर….. न फोन नै लाग्छ …..ऊस्ले दिएको अलिकति आस पनि चकनाचुर हुदै थियो…..

नसाले चुर भएको थिए…..त्यै पनि ऊठाए हेल्लो…..सुन्नुन म भाबना मलाई ड्याडीले या चितबन मामाघर बसेर पढ्न भनेर पठाऊनु भयो जबरजस्ति यो मामाको नम्बर हो मलाई भेट्न आऊनु न प्लिज

बस् म कुलतमा फस्दै गए…..दिऊसो मन भुलाऊन अफिस जान्थ्ये राति नसाले भुलाऊथ्यो …..करिब ४/६ महिना पछि राति नौ बजे तिर नया नम्बरबाट फोन आयो…..उठाउन मनै लागेको थिएन…..नसाले चुर भएको थिए…..त्यै पनि ऊठाए हेल्लो…..सुन्नुन म भाबना मलाई ड्याडीले या चितबन मामाघर बसेर पढ्न भनेर पठाऊनु भयो जबरजस्ति यो मामाको नम्बर हो मलाई भेट्न आऊनु न प्लिज। भोलिनै बिहानै आऊने बाँचा गरे र फोन राखे…..रक्सिले फिट्टान भएको म फोन राखिसक्दा रक्सिनै नखाएको जस्तो फुर्तिलो भए।।।खुसिले होला फेरि बेस्मारि रूनमन लाग्यो…..बिहान ऊज्यालो हुन नपाऊदै बाईकमै सुई ठोके…..३/४ घन्टाको बाटो मलाई बस् पुग्नु थियो आफ्नी प्रियसिलाई भेट्न रोक लाऊने केही कुरै थिएन…..अफिसमा बिरामी भएकोले आऊन नसक्ने बताए…..बाईकको स्पिड यसरि बढेको थियोकि आकासमै ऊडेको आभास भईरहेको थियो जति ऊस्लाई भेट्न हिडेको संम्झन्थ्ये ऊति स्पिड बढ्थ्यो…..मानौकी म कुनै फिल्मको सुपरहिरो नै हु भईरहेको थियो…..४ घन्टा भोक प्यास मेटाएर बस् कुदीरहे । ऊस्ले भनेकै ठाऊमा पुगे …..रातो कुर्थामा सेतो सुरूवाल अनि सेतै सल ओडेकि मेरि प्रियसि मेरै प्रतिक्षामा घडि हेर्दै मेरो प्रर्खाईमा ऊभिएकि थि।।बस् मेरै प्रतिक्षामा।।यति सुन्दर देखिएकी थिई बस् हेरिरहु झै…..आखा डुलाईरहेकि थि…..टक्क अगाडी बाईक रोके।।करिब १० मिनेट जतित बाईकमै बसेर हेल्मेट पनि नखोली ऊस्का ति बेचैन आखाहरू हेरेरै रूमलिए…..धेरैबेर कुराऊनै सकिन्…..देख्ने बितिकै यसरि हुतिएर आएर मेरो अंगालोमा बेरिई।।हो त्यहि थियो पहिलो पटक ऊ र म अंगालोमा बॉधिएको…..केही बोल्नै सकेनौ दुबैजना…..तर त्यो अंगालोले बोलिरहेको थियो मायाको कुरा…..अनि शब्द किन निस्किरहनु पर्थ्यो र हैन र ?

सबकुरा थाहाभयो यतिसम्म गरेछन ऊस्लाई मामा घर आऊन बाध्य बनाएर…..जुन मैले फ़िल्म तिरमात्रै देखेको थिए…..तर भनिन्छनि चोखोमाया गरेको छ भने त्या जस्तासुकै आँधीवेहरी आएनी छेक्दैन तेस्तै भयो हाम्रो मायामा पनि खै केले छेक्यो त रु उसको फोन खोसिएछ अनि कसरि फोन गरोस बिचरा हरकुरामामा नजरबन्द…..

आफ्नै फोन सिम निकालेर नया सिम किन्दिए…..बाहाना बनाएर मामाकोबाट निस्किएर बाहिर बस्ने सल्लाह दिए ताकि हामिलाई भेट्न कुनै अबरोध नहोस अनि आईएलटिस पढ्ने र त्यो सबै खर्च आफैले पठाऊने कुरा ऊस्लाई बुझाए …..यहि बस्दा छोरी नदिनेले कतै अस्ट्रेलिया जाने भएपछि त कसो नदेलान…..त्यो दिनभरी हामि यस्तै कुरा गर्दै बितायौ थोरै माया मिसिएका कुरा थोरै ज़िन्दगी अगाडी बढाऊने कुरामै बित्यो…..सब कुरा सहज बनाएर घर फर्किए त्यो दिन ।बाटोभरि नानाथरि कुराहरु को बाडि ऊर्लिरहेको थियो तर पनि हजारौ आशाहरुले मुस्कुराईरहे…..दिनहरु नर्मल भए…..अफिस, घर अनि थकानमा उनीसंग कुरा…..आफुले कमाएको आधि ऊस्लाई पठाऊथ्ये बाँकी घरखर्च अनि अलिकति आफुलाई ।

करिब एक दुई महिना पछि उस्को रिज़ल्ट आयो।राम्रो नंबर आयो…..जिन्दगीमा तेती धेरै खुसी कहिले भएको थिईन होला…..आमा बालाई सुनाए …..हाम्लाई केटी दिदैनन् त धेरै खुसी नहो भन्दै हुनुहुन्थ्यो बा।।।र आफु फेरी हात माग्न नजाने कुरा गर्नु भयो…..ऊता भिसा अप्लाई पनि भैरहेको थियो सबकुरा मिल्दै थियो तर अब फेरी कसरी के भनेर र कस्लाई लिएर जानु…..ठुलो सोचमा थिए,एकचोटी पुजारी बालाई भेट्न गएर सबकुरा बताए पहिले त मान्दैमानेनन् धेरैबेर करकाप गरे….. पाऊपरे पछि जान मन्जुर भए पुजारी बा…..कुनै पहाडै फोरेर बाहीर निस्केको अनुभूति भयो…..दिईदिन पछि को साईतमा जाने भए पुजारी बा…..भगवान लाई मात्रै संम्झिए।।प्रार्थना गरिरहे…..बस् त्यो खुसीको पलको प्रर्खाई आओस भनेर…..बिहानै मन्दिर पुजा गरेर बाजे हिडे कुरा गर्न त्यो दिन पनि बाहाना बनाएर कामना गईन…..दिउँसो को लगभग २ बजेको हुनुपर्छ बाजे आईपुगे थोरै हासो धेरै मलिन अनुहार थियो…..सायद मानेन् होला तै पनि बाजेकै मुखबाट सुन्न कौतुहल भए…..लौरो बजाऊदै ल कुरो को छिनोफानो गरे केटी दिने भए तर यै महिनामै गर्नु पर्ने रे अनि ८/९ जना भन्दा बढ़ी जन्ती लान नपाईनेरे बिहेको साइत अब २० दिन पछि को छ बाक़ी कुरा म संगै भन्छन रे…..

बेहुलीका आफन्त त केही चिनीएन …..बेहुलीलाई लुगा फेर्ने बेला बेहुलीको साथ कोही नदेख्दा सबको होस ऊड्यो यति चाडै सकियो बिहे न सम्धी सम्धिनी ढोक भेट न अरू कुनै बिधी एकदमै अपमानजनक बिबाह सम्पन्न भयो

म अलि अचम्मै परे उनीहरूको ब्यबहार देखेर खैर छोरी दिए त्यै ठूलो मान्नु पर्छ लौ अब तयारी तिर लाग्नु पर्यो…..बा रिसले चुर हुनुभो यति छोटो समयमा कॉ बाँट ल्याईनु पैसा भन्ने बितिकै हुन्छरु कुलमा पहिलो छोराको बिहे हुदैछ ९ जनामा कस्लाई लानु कस्लाई छुटाऊनु…..म मान्दिन हाम्रो पनि हुन्छनी कुरो हेप्ने सिमा हुन्छ अतिभो यो त । त्यो भन्दा लाखौ गुणा राम्री पाऊछस् तैले हत्ते नगर…..बा ऊफ्रीन थाल्नुभो । कसरी मिलाऊनुहोला छटपटी भो । भोलीपल्ट अफिसमा म्यानेजरसंग ऋणको कुरा गरे । तिम्रो बैंक हो आफै चेक बनाएर लैजाऊ भने…..के खोज्छस कानो आखो भनेझै….. एउटाकुरो त सल्टियो अब जन्ति कसरि मिलाऊने।।दिन नजिकिदै थियो …..भाबनालाई लिएर गहना अनि लुगाफाटा किन्न गयौ…..बिहे पार्टी प्यालेसमा गर्ने पुजारी मार्फत खबर आयो…..बालाई सम्झाएँ सबै जाने तर खानपिनको ब्यबस्था गरेनन् भने म आफैले मिलाऊने भनेर…..बिहेको दिन बिहान काकाहरू बा अनि भाई बानी र १/२ आफन्त गरेर २३ जना भयौ पुजारी बा सहित।प्यालेसको बाहिर पुगियो तर त्या बेहुलीको तर्फबाट कोही थिएनन् पूजारीबा पखौ हैत म बुझेर आऊछु भनेर भित्रतिर लागे काका बा हरू कसैलाई चित्त बुझिरहेको थिएन, तै पनि केही बोल्नु भएको थिएन…..पुजारी बा हातमा पुजाको थाल र कलस बोकेर एक्लै आए लु अब दुलहिको पक्षबाट पनि मैं स्वागत गर्छु…..काहाको रितीहो यस्तो हेला सबै अच्ममित हुदै मुमुराईरहेका थिए…..बेहुलीका आफन्त त केही चिनीएन …..बेहुलीलाई लुगा फेर्ने बेला बेहुलीको साथ कोही नदेख्दा सबको होस ऊड्यो यति चाडै सकियो बिहे न सम्धी सम्धिनी ढोक भेट न अरू कुनै बिधी एकदमै अपमानजनक बिबाह सम्पन्न भयो कि दुलही लिएर फर्किदा रमाऊदै फर्किने जन्तिको मुखबाट एक शब्द ननिस्की घर पुगियो…..

बस् हामी एकअर्का का भएको थियौ त्यै ठुलो कुरा भयो …..हामीलाई त  घोर अपमान भयो भयो तर आफुले जन्माएकी छोरीलाई पनि घरको कसिगॉर बारीमा मिल्काए जस्तो मिल्काई दिए । बिहे भएको १५ दिन पनि नबित्तै भिसा लाग्यो र आज या तपाईहरुको माजमा आफ्नो स्टोरी भनिरहेको छु…..अब जिन्दगीमा यति गरेर देखाउन मन छ, यिनलाई यतिमाया गरेर राख्छुकी कुनै दिन मज्जाले भन्न पाउने दिन आओस…..

कथा सकिदा ओर्दा एक बोतल वाईन सकाएछन् भाईले आँखा भरि टिलपील आँसु थिए पछाडि बसेकी बैनीलाई टुलुक्क हेरे मलिन अनुहार बनाएर आफ्ना श्रीमानलाई हेरीरहेकी थिन् हातमा लिएको वाईनको ग्लासबाट तप तप वाईन झरिरहेको थियो वरिपरीबसेका सबैको अनुहारमा मौनतानै थियो तैपनि सान्तवना दिए त्यो कुरालाई एउटा जीवनको अनुभव बनाएर अघि बढ्नुपर्छ भनेर…..तर मनमा भने ऊनीहरु प्रती धेरै माया जागेको थियो ।

अचम्मै परे म पनि यस्तो पनि जनाना आएछ…..विदेशमा बसेकासँग बिहे गर्न पाए कुनै कुरा नहेरी भबिष्य बन्ला भन्ने आशले यस्तो तल्लो व्यवहार गर्ने कहाँ कहाँ पुगेछ जमाना …..