शुक्रबार विश्वभर ६ हजार ८०० बढी कोरोना संक्रमितको मृत्यु !

पछिलो २४ घन्टामा विश्वभर कोरोना भाइरसका कारण ६ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार ६ हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको हो ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६८ हजार ९१० जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ । सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।